१८ महिनापछि शव


 वैदेशिक रोजगारीमा साउदी अरेबिया पुगेका एक नेपाली कामदारको शव मृत्यु भएको १८ महिनापछि मात्र स्वदेश आएको छ । चिसापानी ३, स्याङ्जाका ४२ वषर्ीय कृष्णालाल शर्माको शव बुधबार काठमाडौं आइपुगेको हो । ०६५ साउन १७ मा शर्माको सडक दुर्घटनामा परी मृत्यु भएको थियो । स्पोन्सरले शव पठाउन खर्च नब्यहोरेकाले आर्थिक अभावमा समयमा शव पठाउन नसकेको साउदीको रियादस्थित नेपाली दूतावासले जनाएको छ । त्यहाँको श्रम कानुन अनुसार कामदारको सम्पूर्ण जिम्मेवारी स्पोन्सरको पर्छ । ‘प्रहरीले दोषीलाई पक्राउ नगर्दा स्पोन्सरले शव पठाउन लाग्ने खर्च दिन मानेको थिएन,’ दूतावासका प्रथम सचिव खड्गप्रसाद दाहालले भने, ‘प्रहरीको सहयोगमा स्पोन्सरलाई तीन महिना जेल हालेर खर्च ब्यहोरेपछि शव पठाइएको हो ।

          ‘ खाडी मुलुकबाट शव ल्याउन एक लाखभन्दा बढी रुपैयाँ पर्छ । घरेलु काममा साउदी पुगेको दुई महिनामै उनको मृत्यु भएको हो । कामले बाहिर जाने क्रममा साइकलमा सवार उनलाई गाडीले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको थियो । घटनास्थल अलजुफ, रियादबाट १६ सय किलोमिटर टाढा पर्छ । रियादबाट दिल्ली हुँदै काठमाडौं आइपुगेको उनको शवलाई पोखरा लगिएको छ । ‘आमा, बुहारी र नातिनातिनीले अनुहार हेर्ने भनेकोले घरमै लान लागिएको हो,’ त्रिभुवन विमानस्थलमा शव लिन आइपुगेका ७० वषर्ीय बाबु ईश्वरीशरण शर्माले कान्तिपुरसँग भने, ‘शव लैजान १५ हजार रुपैयाँ भाडा तिरेर गाडी ल्याएका छौं ।’ कृष्णलालका तीन छोरा, एक छोरी र श्रीमती छन् । समयमा शव आइनपुग्दा निकै दुःख पाएको उनले बताए । ‘छोराको मृत्यु भएको भोलिपल्टै खबर पायौं । शव आउला र विधि पुर्‍याएर अन्त्येष्टि गर्ने भनेर कुर्दा १८ महिना बितेछ ।’ ‘कमाउन गएको छोरो त दशा लागेर एकपल्ट मर्‍यो,’ उनले भने, ‘तर सरकारले समयमै शव ल्याउने व्यवस्था नगरिदिँदा हामी पलपल मर्‍यौं ।’ शव ल्याउने लगायत कामदारको सुरक्षा गर्न सरकारले वैदेशिक रोजगारी कल्याणकारी कोष स्थापना गरेको छ । कोषमा हाल २८ करोड रुपैयाँभन्दा बढी जम्मा भइसकेको छ । अहिले विमानस्थलमा दैनिक सरदर तीन जनाको शव आउने गरेको छ । खाडी र मलेसियामा मात्रै सन् २००९ मा ६ सय ७५ जना नेपाली कामदारको मृत्यु भएको छ । जसमा साउदीमा मात्रै दुई सयभन्दा बढी छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: