बुढीलाई बुढाको पीर !


श्रीमतिलाई बुढा कहाँ गए होलान? भन्ने चिन्ताले असाध्यै सताउने गर्छ किनकि भात खाने बित्तिकै कहिले फोटोकोपी गरेर आउछु है बुढी भन्ने बाहनामा सुटुक्क भाग्छन रे कहिले आज साथीसँग जरुरी काम छ भन्ने बाहानामा बाटो तताउने गर्छन रे, त कहिले मिटिङ्गमा जानु पर्ने खबर आएको त कहिले अमेरिकाबाट मनि अर्डर आएको बाहानामा श्रीमान बाहिरिने चलनले गर्दा  श्रीमतिलाई असाध्यै पिर पर्दोरहेछ। यसैगरी धेरै श्रीमानहरु श्रीमतिलाई ढाँटेर नयाँ संगिनीसँग जाँदा घर ढिलो फर्कने हुनाले सबै दिदी-बहिनी र भाउजुले पीडा बेहेर्नु भएकै होला।

आज तीजमा बुढी माइत गइन । अस्तिनै खोपामा खोया बिर्के बुढीको डरले नखाइ-नखाइ साँचि राखिएको थियो। उनको माइतबाट फोन आयो – “बुढा , के गरिरहनु भएको छ त, एक्लै घरमा ?” हे तेरिमा टोक्ने ! ‘टन्न खोया बिर्के तनिराको बुढी’ भनौ भने श्रीमति रिसाउने डर ! “म यसो ग्राहकको केही खबर आको छ कि भनेर जांच गरिराको, कम्प्युटरमा” भन्नु भन्दा केही अर्को बिकल्प छ त ? केही छैन, बिकल्प । तीजमा छम-छम नाचिरहेकी सतिसाबित्री अर्धाङिनिलाई के थाहा, श्रीमान चट्ट आज फेसबूकमा पहिलेकी “जेठी” सँग आनन्दले च्याट गर्दै खोपाको खोया बिर्के टिल्याउदैं गरेको ? हेर्नु न, श्रीमानको दिर्घायुको लागि ब्रत बस्ने श्रीमतीको ब्रत र श्रीमतिको अनुपस्थितिमा खोया बिर्के तोड्ने श्रीमानको कर्तव्यमा कति फरक छ ? श्रीमतिले पकाएको भान्छा गरेर बुढा कार्यालय गए भने पनि बाटोमा कुनै कान्छिले सेवा (राइड) दिन कि भन्ने सधैं बुढीलाई पीर । सवारि साधन भएका श्रीमान कार्यालय लागे भने ऊ त्यही पर नपुग्दै कान्छीलाई राइड दिएर कार्यालय नगइ नगरकोट हानिन्छन कि भन्ने पीर ! कथम कदाचित कार्यालय पुगी हाले भने पनि बिरामी परेको बाहानामा कार्यालय हापेर गोदावरी अथवा विश्वज्योती लाग्लान् भन्ने पनि पीर हुन्छ रे बुढीलाई । मेरो होइन है, सबैको । यो तीजमा चाँही बुढाको दिघायुसँगै ‘बुढा माथिको पीर (शंका)’ पनि हटाउने अदभुत शक्ती बर मागे होलान, शिव बाबासित बुढीहरुले । हुन त शिब बाबा पनि कम्तिका छन् र ? पार्वतीले दतिवन टोक्दै उनैको नाम जप्दै गर्दा, नन्दी चढेर सतिदेवी मात्र के सात बर्षकी बिचरी गोमा माग्न पुग्छन, ति बुढा । शिव बुढालाई सम्झाउ भनेर पार्वती सोच्दिहोलिन नि ! तर के गर्ने भाङको चिलिमले झटारो हान्लान भने पीर, सोझी पार्वतीलाई । अब यस्ता बुढा भर नभाका शिवले के ‘बर’ देलान्, बुढीहरुलाई ! खै मलाई त त्यती विश्वाश लागेन है । हुन त म यि बुढाको ठुलो भक्त हुँ । ‘मेरो होनहार भक्त रहेछ’ भनेर थाहा पाए अनी त्यही मायाले मेरी बुढीलाई ‘तथास्तु’ भनिदिए भने छुट्टै कुरा । नत्र त खोइ ! जे होस् बुढीको पनि पीर गर्ने बुढाहरु सृष्टि गराउन भगवानले पनि । सधैं किन बुढीहरुलाई मात्रै टोकसो र पीर, बिचराहरुलाई । शिव बुढाले बुढीका बुढाहरुलाई मायाका धतुरोहरु प्रदान गराउन । सबै बुढा र बुढीहरुको (श्रीमान्-श्रीमतिहरुको)जीवन सुखमय होस्। बुढाहरुलाई पनि बुढीहरुभन्दा बढी पीर गर्ने बनाइदिउन,

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: