कतारमा कान्तिपुरको वाषिर्कोत्सव


दोहा (कतार), २०६६ माघ १६ –

कान्तिपुर पब्लिकेसन्सको देशबाहिरको प्रकाशन कान्तिपुर प्रवास साप्ताहिक तेस्रो वर्ष प्रवेश गरेको छ । त्यस अवसरमा बिहीबार साँझ दोहामा शुभकामना कार्यक्रम  आयोजना गरेको छ । शुभकामना दिन नेपाली नियोगका अधिकारीहरू, विदेशी प्रतिनिधि तथा प्रवासी नेपालीको उल्लेख्य उपस्थिति थियो । कतारको गृहमन्त्रालयका  जनसम्पर्क अधिकृत फैजल हुडाई नेपाली पत्रिकालाई शुभकामना दिन आएका थिए । कान्तिपुरबाट सम्पादक सुधीर शर्मा र समाचार डेस्क प्रमुख तथा प्रवास साप्ताहिकका संयोजक अखण्ड भण्डारी सहभागी थिए ।

नेपाली राजदूत सूर्यनाथ मिश्रले कान्तिपुरले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन महत्त्वपूर्ण योगदान दिएको बताए । उनले प्रवासमा नेपाली मिडियाले रोजगारका समस्यालाई नियोग र स्वदेशसम्म पुर्‍याउन सहयोग गरेकामा धन्यवाद दिए ।

पाकिस्तानी कम्युनिटी लिडर असरफ सिद्धिकीले कान्तिपुरले नेपाली समुदायमा सचेतना फैलाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको चर्चा गर्दै उनले स्वास्थ्य, सुरक्षाजस्ता विषयमा अझ जोड दिन सुझाव दिए । उनले कतार सरकारसँग सहकार्य गर्दै दक्षिण एसियाका मजदुर समुदायको सचेतना वृद्धिमा मिडियाले थप योगदान दिन सक्ने बताए । शुभकामना दिन अमेरिकन सोलिडारिटी सेन्टरका कोअर्डिनेटर बोकोई, श्रीलंकन वेल्फेयर सोसाइटीका सचिव इम्तियाज अहमद, बंगलादेशी इन्जिनियरिङ यसोसिएनका अनवर सहिद आदि उपस्थित थिए ।

गैरआवासीय नेपाली संगठनका मध्यपूर्व संयोजक तथा व्यवसायी बद्रीप्रसाद पाण्डेले कान्तिपुरले प्रवासमा शून्यबाट फड्को मार्दै प्रगति गरेर खाडीका अन्य क्षेत्रमा समेत फैलिने योजना बनाएकामा खुसी व्यक्त गरे ।

श्रमिकका तर्फबाट करिम बक्स मियाँले कान्तिपुरले प्रवासमा रहेका नेपालीका मुद्दाहरूलाई प्राथमिकतासाथ उठाउने गरेको उल्लेख गर्दै मजदुरदेखि भेडीगोठ र किसानसम्म पत्रिका पुर्‍याउन सुझाव दिए ।

सम्पादक शर्माले प्रवासी नेपालीको सुखदुःखको साथी बनाउने लक्ष्यसहित प्रकाशित कान्तिपुर बहराइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा पुर्‍याउने योजना रहेको जानकारी दिए । उनले कान्तिपुर प्रवासको प्रकाशनले स्वदेश र विदेशमा रहेका नेपालीलाई जोड्न पुलको काम गरेको बताए ।

कान्तिपुर प्रवास साप्ताहिका स्थानीय साझेदार सागर नेपालले खाडीका अन्य मुलुकमा पत्रिका उपलब्ध गराउन व्यवस्थापकीय तयारी भइरहेको बताए ।

कान्तिपुर अरबब्युरो संवाददाता दिनेश रेग्मीले खाडीका पाठकका सुझावअनुसार स्वास्थ्य समस्या, सुरक्षा सचेतना, श्रमकानुन, ट्राफिक नियम, अंग्रेजी भाषालगायत थप सामग्री समेटिने जानकारी दिए । कतारस्थित मार्केटिङ प्रतिनिधि पवन गोयलले स्वागत र युवराज पाठकले कार्यक्रम सञ्चालन

गरेका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: