बैदेशिक रोजगार व्यवसायीहरु अन्तत: एकिकरण


तिनवटा संघ अव एउटै थलोमा
अध्यक्षमा प्रेम कटुवाल र महासचिवमा प्रकाश कार्की

बैदेशिक रोजगार व्यवसायीहरुका तिन वटा संस्था एकिकरण भएरका छन । व्यवसायी प्रेम कटुवालको नेतृत्वमा एकिकरण भएको छ । एकिकरण हुने संस्थाहरु नेपाल बैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक संघ, अन्र्तराष्टि्रय रोजगार उद्यमी संघ र नेपाल बैदेशिक रोजगार चेम्बर अफ कमर्श रहेका छन ।

नेपाल बैदेशिक रोजगार व्यवसायी संघसंग लामो समयदेखि एकिकरणको प्रयास गर्दापनि एकिकरणका लागि संघका केहि पदाधिकारीहरु सहमत हुन नसकेपछि यो एकिकरणको निर्णयमा व्यवसायीहरु पुगेका हुन । पार्टीगत र आस्थागत एकिकरण नभइ व्यवसायिक एकिकरण भएको सो समारोहमा जानकारी गराइएको थियो ।

संघका अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष मदन महत, द्धितिय उपाध्यक्ष राम प्रसाद भान्तना, तृतिय उपाध्यक्ष किसन प्रधान, महासचिव प्रकाश कार्की, सचिव नवराज केसी, कोषाध्यक्ष नरेन्द्र लामा, सहकोषाध्यक्ष कुमारी लामा, सहसचिव अम्बिका शर्मा रहेका छन भने सदस्यहरुमा अम्बिका शर्मा, एल.पि. घिसिङ्ग, राम प्रताप शाह, सुजित श्रेष्ठ, राजु शाह, सुभद्रा मिश्र, छविलाल वेलबासे, सूर्य नेपाल, सन्जिव उप्रेति, तेज प्रसाद पोखरेल र सिपि चुडाली रहेका छन ।

त्यस्तै एकिकृत संस्थाको सल्लाहाकारमा पूर्व गर्भनर दिपेन्द्र बहादुर क्ष्ोत्री, अर्थविद्‍ विश्वम्भर प्याकुरेल, पूर्व श्रममन्त्रीहरु, गण्ोशमान लामा, महेन्द्र शेरचन, उत्तरमान लामा आदि रहेका छन् । त्यसैगरी संस्थाको कानुनी सल्लाहकारमा शम्भु निरौला, देवराज कटुवाल, राजकुमार उप्रेति छन ।

एकिकरण कार्यत्रममा नवगठित कार्यसमितिका अध्यक्ष् प्रेम कटुवालले भने, ‘व्यवसायीहरुको लागि एकिकरणको दिन आज एेतिहासिक हो, हामी व्यवसायीहरुको हितका लागि सदा वफादार भएर लाग्नेछौं । व्यवसायी र कामदारहरुको दु:ख सुखको पहरेदार हुनेछु ।’ उनले भने ‘विभाग, मन्त्रालयमा एउटा मजबुद खम्बा भएर डेलिकेशनमा जानेछु, यो एकिकरण राजनैतिक नभइ स्वच्छ व्यवसायिक हो ।’

नवगठित कार्यसमितिका महासचिव प्रकाश कार्कीले यो एकिकरणले सबै व्यवसायीहरुलाइ एकत्रित पार्न सफल भएको छ । ढिलै भएपनि एकता भएकोमा सबै व्यवसायीहरु खुशि भएको कुरा महासचिव कार्कीले व्यत्त गरे भने तृतिय उपाध्यक्ष किसन प्रधानले वेग्लाबेग्लै बसेका अवस्थामा रहेका आज हामी चिन्तित भएर नयाँ एकिकरण गरेका छौं ।

एकिकरण कार्यक्रममा नवगठित संस्थाका प्रथम उपाध्यक्ष मदन महत, व्यवसायी गण्ोशमान लामा आदिले पनि व्यवसायिक हक हितका बारेमा बोलेका थिए ।

करिव १०० जना सत्रिय व्यवसायीको सहभागिता रहेको उत्त कार्यत्रमबाट बैदेशिक रोजगार व्यवसायीहरुमा आशा पलाएको छ । रोजगार मञ्चसँग प्रतित्रिया दिँदै नवगठित कार्यसमितिका महासचिव प्रकाश कार्कीले भने, ‘अव हामीहरु आयौं भनेर व्यवसायीहरुले खुशि व्यत्त गरेका छन् । उहाँहरुको चाहना बमोजिम नै संस्था चल्नेछ ।’

यो एकिकरणका बारेमा नेपाल बैदेशिक रोजगार व्यवसायी संघ भने समाचार तयार पार्दासम्म मौन रहेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: