गैरआवासीय नेपालीलाई परिचयपत्रको व्यवस्था


     मन्त्रालयले गैरआवासीय नेपालीलाई परिचयपत्र प्रदान गर्ने तयारी पूरा गरेको जनाएको छ । सरकारको निर्णय अनुसार मन्त्रालयले उक्त तयारी पुरा गरेको हो । मन्त्रालयद्वारा बिहीबार प्रकाशित विज्ञप्तीमा परिचयपत्रका लागि ईच्छुक गैरआवासीय नेपाली नागरिकलाई विदेशस्थित नेपालका नियोगहरुमा सम्पर्क राख्नसक्ने व्यवस्था गरिएको उल्लेख छ ।

यसका लागि परराष्ट्र मन्त्रालय वा विदेशस्थित नेपाली नियोगको कार्यालयबाट दर्खास्त फाराम लिन सकिने वा मन्त्रालयको वेवसाइट ‘डब्लुडब्लुडब्लु डट एमओएफए डट जीओभी डट एनपी /एनआरएन’ बाट पनि डाउनलोड गर्न सकिने उल्लेख गरेको छ ।

गैरअवासीय नागरिकहरुले लामो समयदेखि दोहोरो नागरिकताको माग गर्दै आएको सन्दर्भमा परिचयपत्रको व्यवस्था गरिएको हो । गैरअवासीय नेपाली संघले पटक पटक सरकारसंग दोहोरो नागरिकताको माग गर्दै आएको छ । रासस

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: