रक्षामन्त्री दिल्ली जाने


           रक्षामन्त्री विद्यादेवी भण्डारी फलोअप स्वास्थ्य परीक्षणका लागि आज चार दिने नयाँ दिल्ली भ्रमण गर्देछिन्। साउन १२ गते दिल्लीको एपोलो अस्पतालमा उनको ‘हिपबोन’को शल्यक्रिया भएको हो। कम्युनिस्ट नेता ज्योति बसुको शवयात्रामा सहभागी भए पनि दिल्लीमा रक्षामन्त्रीको राजनीतिक भेटघाटको कार्यक्रम नरहेको उनका प्रेस सल्लाहकार सुवास देवकोटाले बताए।देवकोटाका अनुसार, भण्डारीले बुधबार दिउँसो नयाँ दिल्लीमा हुन लागेको भारतीय कम्युनिष्ट नेता ज्योति बसुकोको शवयात्रामा सहभागी हुने कार्यक्रम छ।

भारतीय समकक्षी एके एन्टोनीको निमन्त्रणामा भण्डारी साताव्यापी भ्रमण तय गरेर साउन ४ गते भारत गएकी थिइन्। त्यसक्रममा हड्डीको क्लोनी गरेपछि उनको यात्रा १७ दिनजति लम्बिएको थियो।

शल्यक्रिया गरेको दुई महिनासम्म भण्डारी वैशाखीको सहारामा सामान्य हिडँडुल मात्र गरेकी थिइन्। ०६३ को चैततिर भण्डारीको ब्लडक्यान्सरको केमोथेरापी उपचार एपोलो अस्पतालमा भएको थियो। त्यसको साइड इफेक्टका रूपमा जोर्नी खिइने समस्या देखा परेको थियो।

पछिल्लो फलोअप चेकिङका भण्डारी भदौ दोस्रो हप्ता नयाँ दिल्ली गएकी थिइन्। भण्डारीको उपचार खर्च एपोलो अस्पतालले दिल्लीस्थित नेपाली दुतावासमा पठाउने र त्यसले अर्थ मन्त्रालयबाट भुक्तानी गरी विल तिर्ने व्यवस्था मिलाइएको छ।

यसैबीच, काठमाडौंस्थित चिनियाँ दुतावासका सैनिक सहचारी चेङग जिओहोङले मंगलबार रक्षामन्त्री भण्डारीसित भेटेर चीन भ्रमणबारे छलफल गरेका छन्। फेब्रुअरी महिनासम्म वेइजिङमा माइनस १५ डिग्री जाडो हुने भएको र मार्चको १-१५ गतेसम्म चिनियाँ सदन चल्ने भएकोले त्यसलगत्तै रक्षामन्त्रीको भम्रण गर्दा उपयुक्त हुने सैनिक सहचारी चेङ्गले सल्लाह दिएका थिए। रक्षामन्त्रीको चीन भ्रमणमा द्विपक्षीय सैनिक सहयोगबारे छलफल गर्ने योजना छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: