दाहालद्वारा कोइरालालाई प्रधानमन्त्रीको


कुलचन्द्र न्यौपाने,गंगा बीसी काठमाडौ, २०६६ माघ १२ –
आफ्नै नेतृत्वमा राष्ट्रिय संयुक्त सरकारको एजेन्डा बनाउँदै आएको माओवादीले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार बिहान भेट गरी ‘कोइराला प्रधानमन्त्री नबन्ने हो भने आफूलाई सहयोग गर्न’ आग्रह गरेका छन् । स्रोतका अनुसार, तर कोइरालाले कुनै प्रतिक्रिया नदिई ‘सोचेर जबाफ दिने’ बताएका छन् ।उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण भएर काम सुरु नगर्दै माओवादीबाट आएको प्रस्तावले झन् आशंका बढाएको छ । ‘म आज तपाईंलाई दाहिने हात दिन आएको हुँ, तपाईं प्रधानमन्त्री हुन जरुरी छ, नत्र संविधान निर्माण हुन नसक्नेदेखि राजनीतिक गतिरोधले निकास पाउँदैन,’ दाहालको भनाइ उद्धृत

गर्दै स्रोतले भन्यो, ‘तपाईं सुतेरै प्रधानमन्त्री चलाउनुहोस् । म पूरापूर सहयोग गर्छु ।’

उनले कोइरालाले हाल सरकारको नेतृत्व गरे संविधान बनेपछि अन्तरिम सरकारमा आफूलाई सहयोग गर्नसमेत प्रस्ताव राखेको स्रोतको दाबी छ । दाहालले माधवकुमार नेपालको नेतृत्व रहँदासम्म संविधान बन्न नसक्ने पनि बताएका थिए । ‘तपाईंलाई सक्दिन भन्ने लाग्छ भने मलाई आशीर्वाद दिनुहोस्, मलाई समर्थन गर्नुहोस् ।’

दाहालको प्रस्तावप्रति कोइरालाले कुनै टिप्पणी गरेनन् । उनले ‘सोच्न दिनुहोस्’ भन्ने जबाफ मात्रै फर्काएका थिए । कोइरालाले त्यसो भन्नासाथ दाहालले ‘३६ घन्टाको समयसम्म सोच्नुहोस् गिरिजाबाबु’ भनेर निस्केको स्रोतले बतायो । दाहाल कोइरालासँग करिब आठ मिनेट मात्रै बसेका थिए ।

महाराजगन्ज निवासका कर्मचारीलाई पनि दाहाल भेट्न आउने खबर थिएन । स्रोतका अनुसार भेटघाटको चाँजोपाँजो छोरी सुजाताले बाहिरैबाट मिलाएकी थिइन् ।

उनले केही मिनेटअघि ‘दाहाल भेट्न आउँदै हुनुहुन्छ, माथि खबर गरिदिनुहोला’ भनेर एक सहयोगीलाई अह्राएकी थिइन् ।

दाहालले भेटवार्ता गर्नुअघि आफ्ना उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग परामर्श गरेको स्रोतको दाबी छ । कोइरालासँगको भेटमा अध्यक्ष दाहालले राष्ट्रपति कदम सच्याएर राजनीतिक गतिरोध अन्त्य गर्न आग्रह गरेको श्रेष्ठले बताए । ‘शान्ति र संविधान बन्ने अवस्था आए हाम्रै नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्छ भन्ने कुरा भएको हो,’ उनले भने, ‘तर गिरिजाबाबुलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको भने होइन ।’

उनले कोइरालासँगको भेटमा ‘छिट्टै संयन्त्रको बैठक गरी राजनीतिक समाधान खोज्नुपर्‍यो भन्ने कुरा भएको’ बताए । उनले भने, ‘कोइरालासँग विद्यमान राजनीतिक गतिरोध लगायतका समस्या हल गर्ने विषयमा कुराकानी भएको हो । उहाँले सबै कुरा संयन्त्रबाट हल हुन्छ भनेर पहिल्यै भन्नुभएको हो,’ श्रेष्ठले भने, ‘त्यसैले संयन्त्रलाई कसरी प्रभावित बनाएर लैजाने भन्नेबार छलफल भयो ।’

पुसको तेस्रो साता राजधानीमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सरकार बन्ने अवस्था आए अध्यक्ष दाहालकै नेतृत्वमा बनाउने निर्णय गरेको थियो । जब कि आन्दोलनको एजेन्डामा राष्ट्रिय सरकार सबभन्दा अन्तिममा छ । कांग्रेसले भने आफ्नै सभापतिको नेतृत्वमा सरकार बन्ने स्थिति भए पनि वर्तमान सरकार विस्थापित गराउने दिशामा सोच्न पनि नसक्ने बताएको छ । ‘यो प्रस्ताव कुनै नयाँ होइन, धेरैअघिदेखि प्रस्तावित हुँदै आएको हो,’ कांग्रेस प्रवक्ता अजुर्ननरसिंह केसीले भने, ‘विभाजनको यो नयाँ संस्करण हो, कांग्रेस र एमालेको संस्थागत निर्णयबिना सरकारको विकल्प सोच्नु निरर्थक र मूर्खतापूर्ण हुनेछ ।’

सिंगापुर भेटवार्तादेखि नै सरकार परिवर्तनको प्रयास माओवादीबाट भइरहेको कांग्रेस संस्थापन पक्षको विश्लेषण छ । उक्त वार्तालगत्तै कांग्रेस केन्द्रीय समितिले यही सरकारको निरन्तरताको पक्षमा निर्णय लिएको थियो । ‘सिंगापुरमा दाहालले २ सय ३८ को हस्ताक्षर बुझाउँछु, तपाईं अघि बढ्नुहोस्, हामी पनि सरकारमा बस्छौं भनेर प्रस्ताव राखेका हुन्,’ एमालेका एक नेताले भने, ‘त्यसलगत्तैदेखि नै कांग्रेस र एमालेमा उच्चस्तरीय राजनीतिक संयन्त्रप्रति अविश्वास जन्मँदै गएको हो 

3 Responses

  1. अब कामदार पनि कानुनी दायरामा

    योगेश खतिवडा
    वैदेशिक रोजगारमा गएका कामदारलाई जिम्मेवार बनाउन सरकारले कानुनी रूपमा कामदारको कर्तव्यको व्यवस्था गरेको छ । वैदेशिक रोगगार नियमावली, २०६४ संशोधन गरि उनीहरूका पाँच कर्तव्य तोकिएको छ । कामदारको कर्तव्य तोकिएको यो पहिलोपटक हो ।

    काम गर्न बिदेसिने व्यक्तिमा अनुशासनहीनता बढेको भन्दै यस्तो व्यवस्था गरिएको हो । श्रम तथा यातायात व्यवस्था मन्त्रालय सहसचिव पूर्णचन्द्र भट्टराईले भने, ‘पाँच कर्तव्यले वैदेशिक रोजगार व्यवस्थित गर्न सहयोग पुर्‍याउने विश्वास छ ।’ उनका अनुसार कामदारले रोजगारदाता कम्पनीसँग जानुअघि गरेको सझौता तोड्न पाउने छैनन् । काम गर्ने मुलुकमा पुगेपछि सझौतापत्र च्यातेर अवैधानिक रूपमा बस्नेलगायत सम्झौताविपरीत काम नहोस् भनेर नियमावलीमा यस्तो व्यवस्था गरिएको हो । ‘सझौताअनुसार काम नगरेकाले धेरै समस्या आएका छन्,’ उनले भने, ‘देशको टाउको दुखाइएको विषय बनेको छ ।’ यसले सुरुमै सम्झौताको पूर्ण जानकारी लिने र त्यहीअनुसार काम गर्न उत्साहित गर्ने उनले बताए । काम गर्न गएको मुलकमा नेपालीको मर्यादाअनुसार काम गर्नुपर्ने व्यवस्था पनि नियमावलीमा छ । रोक लगाइएको मुलुकमा मदिरा सेवन गरी नराम्रो काम गर्नेजस्ता मर्यादा नाघेको व्यवहार देखाएको पाइए यसलाई नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको हो ।

    काम गरिरहेको मुलुकको कानुन पालन गर्नुपर्ने व्यवस्था पनि नियमावलीमा छ । विदेशमा गएर गैरकानुनी काम गर्ने गरेको पाइएको छ । हडताल गर्न नपाइने मुलुकमा पनि नेपालीले हडताल गर्ने गरेका र त्यसले नेपाली कामदारप्रति नकारात्मक भावना बन्ने गरेको छ ।

    त्यस्तै कामदारले सरकारले तोकेभन्दा बढी रकम तिर्न नहुने प्रावधान पनि नियमावलीमा राखिएको उनले बताए । सुरुमा धेरै पैसा तिर्ने र पछि धेरै लियो भनेर हल्ला गर्ने संस्कार नेपाली कामदारमा धेरै छ । यहाँ तोकिएभन्दा धेरै पैसा तिरेर इजरायल पुगेकाले त्यहाँ पुगेपछि इजरायल सरकारसँग धेरै पैसा लिएको गुनासो गरेपछि केही महिनाअघि उसले नेपाली कामदार लैजान रोकेको थियो ।

    अन्तिम कर्तव्यका रूपमा नियमावलीमा तोकिएभन्दा बढी बस्न नहुने व्यवस्था छ । ‘धेरै नेपाली कामदार गैरकानुनी रूपमा लुकेर बसेका छन्,’ भट्टराईले भने, ‘यसले नेपालप्रतिको ती मुलुकको धारणा नकारात्मक बन्ने गरेको छ । तोकिएको समयमा फर्किए वैदेशिक रोजगारी प्रवर्द्धनमा दीर्घकालीन सहयोग पुग्छ ।’ कर्तव्य तोकेपछि कामदार उत्तरदायी हुने भट्टराई बताउँछन् ।

    वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तिलक रानाभाट कामदारमा आफ्नो दायित्व केही नहुने भावना रहेको भन्दै यसले उत्तरदायी बनाउने बताउँछन् । ‘आफूले गल्ती नगर्दा पनि व्यवसायीले झन्झट पाउने गरेका छन्,’ उनले थपे, ‘यो लागू भए त्यस्तो हुँदैन ।’

  2. y baadar haru ko udesya nai yastai ho uchchasthariya rajanitik samyantra ta bahana matra ho aba maatra thaha bhayo PRACHANDA ko baastabik rup babu ram laai india le PM banauna laagyo bhanera rudai karaudai GIRIJA ko khutta dhogna gayeko JHALE ko pani tyahi daau ho sabai bekub neta bhaye pachhi HE BHAGABAAN yo desh ma kasale garla ni sabai heryo ustai ke po gaernu maarnu ki marnu jasto bhayo launa hau sathhi kehi ta garnu paryo yi bakamfuse neta laai .

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: