कुबेतमा मौलाएको सस्तो नेपाली श्रमबजार


आर.बी.वुढाथोकी (कुबेत)
कुबेतमा नब आगन्तु नेपालीहरुको ओइरो(१ लाख ७० हजार तिरेर ४५के डि)

कुबेतमा भिसा बन्द छ भन्नेहरुको लागि राम्रो जबाफ दिएको छ नेपाल सरकारले गत दुई महिना भित्रमा २ हजार भन्दा ज्यादा नेपाली कामदारहरुलाई कुबेत जाने श्रम अनुमती दिएर। लामो समय पछि कुबेत सरकारले नेपालीहरुलाई कुबेत प्रबेश खुल्ला गरे लगत्तै ओइरेको ओइरै छन। नेपालीहरु कुबेतमा दिनहु सरदर २०० को हाराहारिमा अब्यस्थित तबरबाट भित्रिने र दलालबाट पनि त्यतिकै ठगिने जानकारहरु बताउछन। घरेलु कामदारको रुपमा कुबेत छिर्ने नेपाली महिला कामदारहरु दिनमा सरदर ४५ देखि ६० जना सम्म छन भने क्लीनिङ कम्पनीको लागि घरेलु कामदारको भन्दा चार गुना ज्यादा छ्न। कुबेतमा धरै बर्षदेखी क्लीनिङ कम्पनीमा बङगलादेशीहरुको अधिपत्या रहेकोमा बिगत तीन बर्षदेखी उनीहरुको भिसामा कुबेत सरकारले अनियन्त्रित तबरबाट भित्रिएको भनी रोक लगाएको  थियो र हाल सम्म खुल्ने कुनै तरखर नभए पछी सस्तोमा अनियन्त्रिक तबरबाट नेपाली कामदार भित्रिन थालेका हुन।

कुबेत क्लीनिङ कम्पनी(kcc)अहिले नेपाली कामदारले भरिएको छ।यो एक महिनामा मात्र सात सय नेपालीहरु भित्रिए, कम्पनीको अबासमा मात्र नेपाली छन एक नेपाली कामदार अर्जुन खड्काले भने,हामीले एक लाख सत्तरी हजार रुपैया नेपाल ग्यलियटर म्यान पावर काठमाण्डौलाई तिरेर आएको उनीहरुले भनेको सर्त केही पनि मिल्दैन । ४५ कुबेती दिनारमा तीन टाईम खाएर बच्ने त उही २० दिनार रहेछ,एजेन्सीको पैसा तिर्न तीन बर्ष लाग्ने भयो कसरी पैसा कमाउनु उनको गुनासो थियो। म्यान पावरलाई फोन गर्दा सबैको मोबाइल बन्द्द छ नराम्रो सँग फसेको उनीहरुको भाबुक अनुहारले बताउथ्यो। कयौ नेपाली कामदार त कम्पनीबाट पासपोर्ट छाडेर भागी सके अन्य कामको खोजिमा र स्याकुरिटी काम गरिरहेका छन। किन भागेको त भन्दा कुबेतमा दुताबास खुलेको छ एक दुई बर्षमा पठाइ दी हाल्छ नी भन्ने जबाफ थियो। कुबेत क्लीनिङ कम्पनी(kcc) मात्र होईन कुबेतका धेरै जसो क्लीनिङ  कम्पनीहरु तान्जिपको क्लिनिङ  कम्पनी,के.एन.पी.,अल अबराज,अल मेसेसा क्लिनिङ कम्पनी,नेसनल क्लिनिङ कम्पनी,नेसनल खराफी क्लिनिङ कम्पनी देखि लिएर कुबेत पब्लिक ट्रान्सपोर्ट कम्पनी(के पी टी सी)मा  नेपालीहरुले  भरीभराउ छ अहीले जता ततै नेपालीहरु देख्न पाइन्छ। एजेन्सीको रकम तिर्न धेरै समय लाग्ने देखेर उनिहरु ठाउँ-ठाउमा पर्ट टाईम काम पनि गर्न थालेका छन। बिगत लामो समय देखि कुबेत सरकारले नेपालीहरुको भिसामा रोक लगाएको थियो र भर्खरै मात्र २ महिना पहीले फुकुवा गरिदिए यता मात्र यति धेरै नेपालीहरु भित्रेका हुन। उता प्रतिष्ठित बहु रास्टिय कम्पनीहरुले भने हरेक बर्ष नेपालीहरुलाई अबसर दिएर ल्याउने गरेकोमा बिगत ३ बर्षदेखी कुनै पनि नयाँ नेपालीहरुलाई लिएको छैन। बर्सौदेखी नेपालीहरुले धान्दै आएको यी कम्पनीहरु अहीले फिलीपिनी कामदारहरुले भरी भराउ भएका छन। तल्लो तहदेखी माथिल्लो म्यानेजर तहसम्म उनिहरु कै अधीपत्य छ उता पुराना नेपालीहरुले बिस्तारै कम्पनी छोडेर रीत्तीने क्रममा छन। यसरी सस्तो मुल्यमा नेपालीहरुलाई कुबेत भित्र्याउनाले बर्सौदेखी स्थापित नेपालीहरुको स्तर घट्ने र केही समयमै बङगालीहरुको हालत हुने जानकारहरु बताउछन। उता बर्सौदेखी बङगाली कामदारहरुले २५ कुबेती डिनारमा काम गर्दै आएकोमा गत २ बर्ष पहीले मजदुर आन्दोलन गरेर कुबेत सरकारले उनीहरुको तलब २५ बाट बढाएर४५ पुर्याएको थियो अहीले काम गर्ने कालु मकै खाने भालु भने झै यो सुबिधा नेपालीहरुले भोग्न पाएका छन भन्ने उनीहरुको दुखेसो छ। कतिपय बङागाली हरुले त नेपाली पासपोर्ट बनाएर पनि कुबेत छिरेका रह्स्यहरु खुलेका छन।

कुबेतमा अव्यवस्थित रूपमा पठाएको भन्दै कुवेत सरकारले नेपाली कामदारमा पूरै रोक लगाउन सक्ने चेतावनी दिएको कुरा नब नियुक्त राजदुत मधुबन पौडेलले परराष्ट्र मन्त्रालयलाई पत्रचार गरे पछी संचार क्षेत्रमा यो समाचारले निकै चर्चा पाएको थियो। कुबेतबासी नेपालीहरुका लागि राजदुतले नयाँ कानुन ल्याउने र ब्यबस्थित तबरबाट नेपालीहरुलाई कुबेत भित्र्याउने तरखरमा रहदै कयौले कानुन मिचेर काम गरि सके र गरि पनि रहेका छन। कुबेतका अधिकारीहरुले नेपाली कामदार धेरै भाग्ने गरेको, महिलाहरूको पासपोर्ट सच्याएको, फोटो परिवर्तन गरेको र उमेरमा घट बड गराएर केर मेट गरेको, भाषामा ठुलो समस्या देखिएको,भागेर बिभिन्न अनैतिक काममा लागेर गैर कानुनी काम गरेको, इलिगल खोलेर पनि लामो समय सम्म स्वदेश नफर्केको, मेडिकलमा गलत तबरबाट गराएको,पुलिस रिपोर्ट पेश नगरेका पार्ट टाईमको रुपमा अन्य कम्पनीमा काम गर्न जाने जस्ता याबत कुराहरुमा कमीकमजोरी देखाएको छ। यस्तै बिभिन्न गल्तीहरुले गर्दा वैदेशिक रोजगारीका लागि नेपालीको गन्तव्य धेरै मुलुकहरू अहीले बन्द्द छन । समय मै बिचार नपुर्याए कुबेतमा पनि लामो अन्तराल पछि भिसा खुलेको केही महिना मै बन्द्द नहोला भन्न सकिदैन।

4 Responses

  1. Dear R.B. Sir Thanks for real story about the nepalese situation in Kuwait …Sachhi aba kehi sochnu parne belaa aayako 6.Kuwaitko mangai ani tehaako satander ma Thorai talab le ke garnu..NA TALNA PUG6 NA CHEKNA…i am really gret full for nepalkuwait.com team and R.B. sir for this kinds of story…

  2. this is realy story of all of nepalese in kuwait.thanks for your kindly article,we hope next time also.

  3. teso ta Rajdut nidaya kya ho kuwait ma.yasto samasya ta rajdut le hernu parne hoina ra?????

  4. lekha atenta sandarbhik lagyo. kuwait am dherai nepaliharuko durdasaa chha, samaya mai rajdut le dhyan diya ramro hune thiyo.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: