यदि तपाई उत्तेजनाभन्दा निकै ढाटा हुनुहुन्छ र यसका लागि कुनै औषधि प्रयोग गर्ने विचार गरिरहनु भएको छ भने सतर्क हुनुहोला । ’cause यदि तपाई कसैको भनाइमा लागेर इन्टरनेटको माध्यमबाट भियाग्राजस्ता कुनै औषधि किन्न लाग्नु भएको छ भनि पख्नुस् ।आजभोलि इन्टरनेटमा यस्ता कैयौ नक्कली औषधि बेचिदैछ । यौन शक्ति बढाउने दावीका नाममा यी साइटहरु होम डेलिभरीजस्ता सेवाका नाममा पनि नक्कली औषधि विक्री गरिदैछ। यसप्रकारका करिब ४४ प्रतिशत औषधि नक्कली हुने गरेको फेला परेको हो ।
कैयौ मानिसहरु जो इन्टरनेटको माध्यमबाट यी नक्कली औषधि किनेर यसको शिकार बनिरहेका छन् । बेलायत, अमेरिकाको फर्मा एक्सपर्टहरुले गरेको एक अध्ययनमा यो कुराको खुलासा भएको हो । उनीहरुले नक्कली ड्रग्स विक्रीमा तिब्रता आएको निष्कर्षसमेत निकालेका छन् ।हरेक पाँच वर्षमा यो ९२ प्रतिशतले बढिरहेको छ। यदि यो क्रम जारी रहने हो भने आगामी दिनमा नक्कली औषधिले मानव जातिमा खराब असर गर्नेछ। यसमा प्रजननसम्बन्धी समस्याहरुले पनि विकृत रुप लिन सक्ने उनीहरुको ठम्याई छ।
Filed under: समचार |
जवाफ लेख्नुहोस्