के-के सिके शिविरमा ‘अयोग्य’ लडाकुले ?


काठमाडौं, ११ माघ

राष्ट्रसंघको प्रमाणीकरणमा अयोग्य ठहरिएका माओवादी लडाकुले तीन वर्ष शिविरमा बस्दा गुरिल्ला युद्धदेखि कम्प्युटरसम्मको तालिम लिएका छन्
 

 

 

 । तीन वर्षको शिविर-बसाइले आफूहरू कुशल सिपाही बन्न सकेको उनीहरूको दाबी छ । । शिविरबाट र्फकंदा उनीहरूले ‘गुरिल्ला वार’देखि प्रत्यक्ष भिडन्तसम्मका सैन्यकला सिकेका छन् ।  । शिविरमा माओवादी जनसेनाका तीन हजार चार सय ७५ थान हतियार दर्ता छन् । सुरक्षाका लागि राखिएकाबाहेक धेरै हतियार राष्ट्रसंघको कन्टेनरमा छन् । शिविर सुरक्षाका लागि राखिएका र काठका बन्दुकले लडाकुले तालिम लिएका थिए 

 

 । ‘आवश्यक सबै ज्ञान छ,’ उनले भने, ‘टु्रप्स अट्याकदेखि सरप्राइज अट्याकसम्मको ज्ञान छ ।’

 

 । सैद्धान्तिक ज्ञान पर्याप्त पाए पनि हतियारको अभावले व्यावहारिक ज्ञान सिक्न गाह्रो परेको उनको गुनासो छ ।

 

‘सैन्य फर्मेसनमा बसेपछि सबै सिकियो,’ खड्काले भने
 
 

 

 । २२ वर्षीय खड्काले प्लाटुन सहकमान्डरको जिम्मा पाएका थिए । 

शिविरबाट बिदा भए पनि सरकारले धोका दिए फेरि युद्धमा जान आफूहरू तयार भएको चेतावनी पनि उनले दिए
 
 

 

 

 । ‘बाहिर पठाइहालियो भनेर सरकारले धोका दिए ठूलो भूल हुनेछ,’ उनले भने, ‘क्रान्तिका लागि जतिवेला पनि तयार छाँै ।’

 

 । उनीहरूको भनाइमा जनसेनालाई व्यावसायीकरण गर्न विभिन्न तालिम दिइए पनि विशेष तालिम दिन नसकिएको उनीहरूको भनाइ छ ।

 

 ।’

 

 । ‘शान्तिसम्झौताले हामीलाई खुला ट्रेनिङ गर्न छुट दिएको छैन, हतियारविना सामान्य तालिम भएको छ, सामान्य रुटिनअनुसार तालिम भएको छ,’ जनसेनाका कमान्डर नन्दकिशोर पुन पासाङले नयाँ पत्रिकासँग भने, ‘शान्तिसम्झौताले बाँधेका कारण विशेष तालिम लिन पाएका छैनौँ ।’

 

 । ‘पढ्नुपर्छ, जान्नुपर्छ भन्ने चेतनाको विकास गर्न पाए, तीन वर्षको समयमा धेरैले एसएलसी पास गरे, उनीहरू सबैले कम्प्युटरसम्बन्धी ज्ञान लिए,’ जनसेनाका बि्रगेड कमान्डर सरल सहयात्रीले बताए । लडाकुहरूका लागि हरेक बि्रगेडमा १० देखि १५ वटासम्म कम्प्युटर राखिएको उनले बताए ।

 

 । तरकारी खेती, बंगुरपालन, कुखुरापालनजस्ता घरेलु काम पनि सिकेका थिए उनीहरूले ।

 

 । प्रारम्भिक रिपोर्टअनुसार यीमध्ये ४० प्रतिशत लडाकु शिविरबाट पहिले नै बाहिरिएका थिए ।

 

 । जसमध्ये दुई हजार नौ सय ७४ जनालाई बालबालिका र एक हजार ३५ जना युद्धविरामपछि भर्ना गरिएको ठहर गरिएको थियो ।

 

 । दोस्रो डिभिजन दुधौलीका तीन सय ७२ जना अयोग्य ठहरिएका थिए । तीमध्ये दुई सय ७८ जना १८ वर्षमुनिका र ९४ जना युद्धविरामपछि भर्ना गरिएको राष्ट्रसंघले जनाएको छ । बिदाइ समारोहमा दुई सय एकजना बिदाइ भएका थिए ।

 

 । राष्ट्रसंघको प्रमाणीकरणमा तेस्रो डिभिजन र यसअन्तर्गतका सहायक शिविरमा गरी पाँच सय ८७ जनालाई अयोग्य ठहर गरिएको थियो । अयोग्यमध्ये ३६ जनाले भने एसएलसी दिएर मात्रै शिविर छाड्ने भएका छन् । बिदा भएकामध्ये ९१ जना महिला छन् ।

त्यसैगरी चौथो डिभिजन

झ्याल्टुङडाँडामा अयोग्य ठहरिएका ६ सय २२ जनमुक्ति सेनामध्ये तीन सय ६१ जना बिदा भएका छन्
 
 

 

 

 । चौथो डिभिजनका तीन हजार ७८ लडाकुमध्ये अनमिनले ६ सय २२ जनालाई अयोग्य ठहराएको थियो । चौथो डिभिजनका चार सय २४ जना उमेर नपुगेका र एक सय ९८ जना पछि भर्ती भएका भन्दै अयोग्य ठहरिएका थिए ।

 

 ।

 

 । ‘ओएचसिआर, अनमिन र युनिसेफले अयोग्य लडाकुको बिदाइपछि अनुगमन गर्नेछ,’ नेपालस्थित राष्ट्रसंघीय कार्यालयका प्रवक्ता मार्टी लोगनले बताए ।

‘हामी निकाल्छौँ तर शिविरबाहिर कुनै परिचालन गर्दैनौँ,’ जनसेनाका प्रवक्ता बलदेवले भने, ‘कस्तो संयन्त्र बनाएर लडाकुको अनुगमन गर्ने हो, त्यो अनमिनले गर्छ

 

चार हजारभन्दा बढी लडाकुको अनुगमन कस्तो बनाउने भन्ने’boutमा अनमिनले स्पष्ट पारेको छैन

 

संयुक्त राष्ट्रसंघको नेतृत्वमा सन् २००७ मा सम्पन्न प्रमाणीकरण प्रक्रियामा योग्य नठहरिएका माओवादी सेनाका सदस्यको बिदाइका लागि सरकार, माओवादी र संयुक्त राष्ट्रसंघबीच कार्ययोजनामा हस्ताक्षर भएपछि ती लडाकुलाई फर्काउन थालिएको हो

 


त्यसैगरी तेस्रो डिभिजन शक्तिखोरबाट ३ माघमा दुई सय ५८ ‘अयोग्य’ लडाकु बिदा भएका थिए

 

लडाकुको बिदाइ कार्यक्रम भने जारी छ

 

१८ वर्ष उमेर नपुगेका र युद्धविरामपछि भर्ती भएको आधारमा अनमिनले यी लडाकुलाई अयोग्य ठहराएको थियो

 

सात मुख्य र २१ सहायक शिविरमा अनमिनको प्रमाणीकरणमा अयोग्य ठहरिएका चार हजार आठ लडाकु छन्

 

त्यसबाहेक तीन वर्षको अवधिमा अयोग्य भनिएका सबै लडाकुले केही महिनाको अंग्रेजी भाषा-कक्षा पढे शिविरभित्रै

 


अयोग्य भनिएका लडाकुहरूले शिविरमा सैन्य तालिमबाहेक अरू धेरै ज्ञान बटुलेको जनसेनाका कमान्डर बताउँछन्

 

शान्तिसम्झौतामा बाँधिएकाले विशिष्ट तालिम दिन नसकिएको माओवादी जनसेनाका कमान्डर नन्दकिशोर पुन पासाङले बताए

 

‘शिविरमा बस्दा नियमित सेनाले लिनुपर्ने सबै तालिम उहाँहरू(अयोग्य भनिएका लडाकु) ले लिनुभएको छ,’ जनसेनाका बि्रगेड कमान्डर सरल सहयात्रीले नयाँ पत्रिकासँग भने, ‘शान्तिसम्झौताको दायराभित्र गर्न मिल्ने तालिम दिइएको हो

 

जनसेनाका कमान्डरहरू पनि आफ्ना पूर्वलडाकुहरूमा सैन्यकला’bout ज्ञान भएको बताउँछन्

 

माओवादी जनसेनाको दोस्रो डिभिजनबाट २३ पुसमा औपचारिक बिदाइ भएका ओखलढुंगाका शिवराम खड्का शिविरमा युद्धकलाका सबै आयाम सिकेको बताउँछन्

 

सोलुखुम्बुका २२ वर्षका खिलाधन राईले पनि आफूसँग युद्धकला’bout पर्याप्त ज्ञान रहेको बताए

 

जनसेना शिविरमा खुला हतियार निकै न्यून छन्

 

जनसेना स्रोतका अनुसार तीन वर्षको बीचमा उनीहरूले आत्मसुरक्षासम्बन्धी ‘सेक्युरिटी ट्रेनिङ’, युद्धक्षेत्रमा गरिने लडाइँसम्बन्धी ‘ब्याटल ट्रेनिङ’, विद्युतीय धरापसम्बन्धी ‘एम्बुस ट्रेनिङ’, छापामार आक्रमणसम्बन्धी ‘गुरिल्ला वार ट्रेनिङ’ र कमान्डो कारबाहीसम्बन्धी ‘कमान्डो अट्याक ट्रेनिङ’ लिएका छन्

 

अयोग्य ठहरिएका लडाकु शिविरबाट बिदाइ हुने क्रम जारी छ

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: