प्रधानमन्त्री र उपप्रधानमन्त्रीको विवाद


       (काठमाडौं), सेना समायोजनबारे तीव्र विवाद भइरहेका बेला सेना समायोजनको विषयमा प्रधानमन्त्री माधवकुमार नेपाल र उपप्रधानमन्त्री विजयकुमार गच्छेदारबीच आइतबार र्सार्वजनिक स्थानमा जुहारी नै चलेको छ। एउटै कार्यक्रममा एउटै सरकारका प्रधानमन्त्री र उपप्रधानमन्त्रीले एउटै विषयमा यसरी भिन्न मत राख्नुभएको हो, त्यो पनि दुवैले सरकारी धारणा भन्दै।

रक्षामन्त्री विद्या भण्डारीले माओवादी लडाकू नेपाली सेनामा समायोजन हुन सक्दैन भनेर दिएको अभिव्यक्तिप्रतिको प्रतिक्रिया सेलाउन नपाउँदै प्रधानमत्री नेपाल र उपप्रधानमन्त्री गच्छदारले सेना समायोजको विषयमा फरकफरक धारणा राख्नुभएको हो। पार्टी संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको आठौं पुण्यतिथिको अवसरमा नेपाल सद्भावना पार्टी आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री नेपालले माओवादी लडाकूको समायोजन नभएसम्म संविधान पनि बन्न नसक्ने र शान्तिप्रक्रियाले पनि पूर्णता नपाउने बताउनुभयो।

उहाँले भन्नुभयो- ‘माओवादी सेनाको समायोजन सबै सुरक्षा निकायमा गरिन्छ, त्यसका लागि प्रक्रियाको थालनी भएको छ।’ तर, उपप्रधानमन्त्री गच्छदारले सोही कार्यक्रममा समायोजन भन्ने शब्दै देखी आफूलाई चिक्त नबुझेको बताउनुभयो। उहाँले भन्नुभयो- ‘केको समायोजन, व्यवस्थापन हो, माओवादी गुरिल्लाको समायोजन होइन, व्यवस्थापन गर्ने हो।’ ‘मैले यसअघि पनि भनेको छु, ठूला दलका ठूला नेतासँग फेरि भन्छु, कांग्रेसका गिरिजाप्रसाद कोइराला, माओवादीका प्रचण्ड, माधव नेपाल, शेरबहादुर देउवा, सूर्यबहादुर थापा कान खोलेर सुन्नुहोस्, यही हालतमा माओवादी गुरिल्ला नेपाली सेनामा समायोजन गर्नुभयो भने, म मधेसमा लाखौं सेना जन्माउनेछु’ -उहाँको चेतावनी थियो।

उपप्रधानमन्त्री गच्छादारभन्दा अघि लिखित भाषण गरेका प्रधानमन्त्री नेपालले सरकार सेना समायोजन समितिले गर्ने निर्णयमान्न तयार रहेको बताउनुभएको थियो। तर, उपप्रम गच्छादारले समितिको नाम नै व्यवस्थापन समिति बनाउनुपर्ने बताउनुभयो। कार्यक्रममा आफूभन्दा अघि सम्बोधन गरेका माओवादी उपाध्यक्ष बाबुराम भट्टर्राईको नाम नै लिएर उहाँले मधेसी दल माओवादीका प्राकृतिक मित्र भनेको भनाइको कडा प्रतिवाद गर्दै भन्नुभयो- ‘मधेस टुक्रयाउने भट्टर्राईजी, अहिले सरकारमा पुग्नासाथ चाहिने देखेपछि चाहिँ प्राकृतिक मित्र। माओवादी त मधेसविरोधी हो, ऊ मित्र होइन शत्रु हो।’

सोही कार्यक्रममा सहभागी माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले मधेसी दललाई माओवादीलाई एक्ल्याएर अप्राकृतिक गठबन्धनमा नलाग्न आग्रह गर्नुभयो। उहाँले रक्षामन्त्री विद्या भण्डारीको अभिव्यक्तिमाथि प्रतिबन्ध लगाउनसमेत माग गर्नुभयो। यसअघि प्रधानमन्त्री र मन्त्रीका कार्यक्रम बहिष्कार गर्दै आएको एनेकपा (माओवादी) का उपाध्यक्ष डा. भट्टर्राई प्रधानमन्त्री र मन्त्रीसँगै पहिलो पटक र्सार्वजनिक मञ्चमा सँगै देखिनुभएको हो।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: