जीप दुर्घटनामा ८ को मृत्यु


                     वसन्तप्रताप सिंह, (बझाङ), बझाङको चौरजहारी गाविसबाट सदरमुकाम चैनपुरतर्फआउँदै गरेको ना२च १९०१ नम्बरको यात्रुवाहक जीप आइतबार बेलुका जिल्लाको मोसीकार भन्ने ठाउँमा दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको छ।सडकबाट करिब ३ सय मिटरतल सेती नदीमा सो जीप खसेको थियो।

आठ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा मटेला-२ का विष्णु गिरी, सोही गाविसको वडा नं. ३ का चक्रजंगबहादुर सिंह, वडा नं ६ का गाडी धनी एवम् चालक वसन्त जोशी, वडा नं ९ का दीपक भण्डारी, देवराज गिरी र भारतीय नागरिक फिरोज मुस्लिम रहेका छन् भने अन्य दुई जनाको आइतबार रातिसम्म सनाखत हुन सकेको थिएन।
१७ जनाले यात्रा गरिरहेको उक्त जीपमा अन्यको भने केही जानकारी प्राप्त हुन नसकेको प्रहरी नायब उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिनुभयो।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: