प्रियंकालाई नेसनल अवार्ड


मुम्बई (एजेन्सी), २०६६ माघ १० –
यो वर्षको सुरुवातमै रिलिज फिल्म ‘प्यार इम्पोसिबल’ फ्लप भए पनि बलिउड नायिका प्रियंका चोपडालाई कुनै चिन्ता छैन । उनको २००८ को हिट फिल्म ‘फेसन’ को जादु अझै हटेको छैन । शनिबार यो फिल्मबाट उनले नेसनल अवार्ड चुमिन् ।  प्रख्यात र सम्मानित नेसनल अवार्डमा उनी उत्कृष्ट नायिका दरिइन् । मधुर भन्डारकर निर्देशित ‘फेसन’बाट उनले यसअघि फिल्मफेयरका साथै अन्य थुप्रै अवार्ड जितिसकेकी छन् । शनिबार घोषणा गरिएको ५६ औं नेसनल फिल्म अवार्डमा पहिलोपटक अवार्ड जितेकी नायिकाका खुट्टा खुसीले भुइँमा छैनन् ।

‘यो सम्मानका लागि मधुर भन्डारकर र फिल्म युनिटलाई धन्यवाद,’ यति बेला रणवीर कपुरसँग न्युयोर्कमा ‘अन्जाना अन्जानी’ को छायांकनमा व्यस्त उनले ट्वीटरमा लेखेकी छन्, ‘सबैभन्दा ठूलो सम्मान पाएर म धेरै खुसी छु ।’

यो उपलब्धिका लागि पि्रयंकालाई अर्की नायिका पि्रटी जिन्टाले ट्वीटरबाटै बधाई दिएकी छन् । ‘बधाई छ साथी, तिमी त्यो अवार्डको हकदार थियौ,’ उनले भनेकी छन् ।’

नेसनल अवार्डमा उत्कृष्ट नायक भने मराठी फिल्म ‘जोग्वा’ का नायक उपेन्द्र लिमये घोषित भएका छन् । नायिका कंगना रानावतले ‘फेसन’ बाटै उत्कृष्ट सहनायिकाको अवार्ड पाएकी छन् । अर्जुन रामपाल ‘रक अन’ बाट उत्कृष्ट सहनायकको अवार्ड जित्न सफल भए ।

दिवाकर बनर्जी ‘ओय लक्की लक्की ओय’ बाट उत्कृष्ट निर्देशक चुनिएका छन् । राहुल बोस अभिनित बंगाली फिल्म ‘अन्तहीन’ उत्कृष्ट फिल्म घोषित भयो

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: