कुबेतमा नेपाली राजदुताबास र दक्ष कामदारको मागहरु


बिमल लामिछाने        

          एकाध महिना पहिले देखी नेपाली समाज कुबेतका झुण्डहरु बिचमा नेपाली राजदुताबास को चर्चा परिचर्चाले निकै समयका बेगहरुलाई परिनिश्चित गरेको छ।बर्षोको एक किसिमको पिडा र छटपटाहट अनि आहुतीका समाचारले बन्द समाज का पर्दाहरु छिचोल्दै खुल्ला आकासको कल्पनामा रमाउन खोज्ने हजारौ नेपालीहरुले प्रतेक्ष्य शिष्टाचार नभए पनि धेरैले सुनेरै गमिरहेको पाईएको छ । तर हाल सम्म बस्ने ठाउ सम्म पनि देखाउन नसकेको शैलीले नेपाली पक्षको सुस्त पन देश बाहिर पनि झल्किरहेको छ । तर पनि बक्तब्य बाजिको लागि भने नेपालका कुनै राजनैतिक पार्टीकै अनुकरणमा अब्बल  देखिएको छ । हुनत ति बक्तब्यहरुले कुबेतका नेपालीको मनका दागहरु बास्तबिकतामा कसरी चिरोफरण गर्ने हुन सब्दार्थमा तुरुन्तै आकलन सयद असम्भब नै छ ।

तर समय सगै आफ्ना लागि अनि समस्त श्रमजिबी मजदुर र आम श्रमकर्ताको मानसीकतामा एक सबल केन्द्रबिन्दु बनेर रहनमा नेपाली राजदुताबास कुबेतका पाईलाहरुले सफलता पाउने कुरामा झुण्ड देखी आम युबायुबतीका बिश्बासले मन खुसी पनि बनाउन खोजेको हुन्छ । सुरुबातको अबश्थामा सामान्य प्रोटोकल भन्दा केहि माथी उठेर निरीह युबायुबतीका लागी ठोस कदमचाल्ने छ भनेर  हाल सम्म प्रतिक्षा पनि सबैले गरीरहेका छन । तर आशा गरीएको भन्दा फरक बाताबरणमा हाल सम्म का योजनाहरु बुनिएको भान पर्दा आम मनमा चिसो पस्नु स्बाभाबिक नै हो । सायद राजदुताबास पक्षले हाल सम्म पनि  बहुसख्यक नेपालीको बारेमा यथार्थ चित्रण पाएको छ या छैन । सामान्य श्रमजिबि कामदारलाई तेति बेला राजदुताबासको खाचो पर्छ जति बेला उ बिदेशको ठाउमा एक किसिम को भुमरीमा परेको अनुभब गर्छ । उसका पाईलाहरु भासिईरहेका हुन्छन, उ निरीह र निरास भएको हुन्छ । सम्भबत तेसैले एक कहाबत नै छ “ दुख को साथी “

सायद झुण्डमा  बसेर अट्टहासको भोजन गर्नेहरुलाई  कन्दराका अदक्ष कामदारको पिडाले तेति मन नछुन पनि सक्छ ।हुनत बेदेशिक नियमाबली बनेको तिस बर्ष भे सक्दा पनि ब्यबस्थित हुन नसकेको नेपालीको बिदेश जाने शैलीले परेका बिभीन्न समस्याको निराकरण अबपाद बनेर कुबेत स्थित नेपाली राजदुताबासले गर्न सक्छ भनेर पत्याउनु पर्ने कुनै कारण छैन । नेपाल सरकारले उच्च प्राथमिकतामा राखेका ईजरायल,कोरियामा कामदार पठाउने प्र-पन्च महिने पिच्छे रोकिने अनि खोल्ने अनि लाखौको खेलहरु पछाडी सायेदै देखाईएका कारण हरु पर्छन ,पर्दा पछाडीका रगमन्चमा बिदेशिलाई पनि सिकाउने चतुर्याई नेपालीका सरकारी र नोकरशाही पुजिपती बर्ग सग छ भन्दा दुई मत नहोला । नेपालको बिश्बबिधालयबाट ग्र्याजुएट गरेको कुनै युबा कुबेतमा क्लीनर अथबा चौकिदारको काम गर्छ भने त्यो दक्ष बा अदक्ष के छ त्यो कुरा उसकोgrIbi grIगरीबी आर्थिक पछौटेपन को कारणले निर्णय गरेको हुन्छ ।बास्तबिकता सबैलाई स्पष्टै छ ।तैपनि,नेपालको रैथाने मानसीकताका दाशीहरु दोस अरुलाई थुपारेर आफु चरित्रबान भएको महशुस गर्दे  ताउ लगाउछन । हाल सम्म देखिएको राजनैतीक मानसीकता कै उपज मानिएका हरेक बक्तब्यबाजहरुको चरित्र यसरी नै उदाङ्ग भएको छ ।

 कुबेतको बाफ्रा तिर  उराठ लाग्दो मरुभुमीमा एक हुल भेडा सगै दगुरीरहेको नेपाली ठिटो होस या  सहरी ईलाका रिक्गा तिर बन्द कोठामा सुक्सुकाई रहेकी नेपाली युबती हुन , सबैले ति पलहरुमा आफ्ना पिडालाई झिनो पैसाको लागी गरेको सघर्षको रुपमा लिएका हुन्छन । तर तेति बेला उनिहरुको लागि नभए पनि अब आउने नब कामदारको लागी चालिन लागिएका कदमहरुले ठोस र परनिर्भरता गुमाउनु नपरोस भन्ने कामना रहेको पाईन्छ ।तर थालनीको नाममा  दलालका चङगुललाई अझ गाढा र दलालमय बनाउने प्रयासमा नेपाली निम्न आकलीय आशाबादी लाखौ कामदारलाई रिनको थुप्रो लगाउने काम मा नेपाली राजदुताबास चनाखो रहोस ।

सबैलाई चेतना भया….. जदौ

बिमल लामिछाने

कुबेत: 66529737

3 Responses

  1. yakdam ramro chha lekh keep it long……………………………………………………
    …………………………………………………….
    ………………………………………………
    …………………………………………
    ………………………………..
    …………………………
    ………………..
    ………………
    ………..
    …………

  2. sarai ramro cha bimal bro yasari nai jagaunu parcha nepalka jati pani suter khane karmachari harulai

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: