• nepalkuwait.com




  • photos

  • Advertise Here

कुवेतको जुनुबसुरामा नेपाली दुतावास बस्ने पक्का । कर्मचारी कुवेत पुगे


सुजन के सि  
             २३   जनवरी कुवेत सिटी , कुवेतमा कार्यरत नेपालीहरुको तीन दशक देखिको संघर्ष र व्यग्र प्रतिक्षा पश्चात कुवेतमा नेपाली दूतावास स्थापना  गर्नको लागि नेपाल सरकारको प्रतिनिधित्व गर्दै, कुवेतका लागि प्रथम नेपाली राजदूत नियुक्त भई पाल्नु भएका महामहिम मधुवन प्रसाद पौडेलको कुवेत आगमन भएको पनि डेढ महिना बिती सकेको छ। यस अन्तरालमा राजदूतबाट के-कस्ता काम भई रहेका होलान र दूताबास कुन ठाउँमा बस्दै छ भन्ने कुरा कुवेतमा पेशारत नेपालीहरुको लागि एउटा  चासोको बिषय बनेको थियो ।  साथी भाईको कोठामा होस् वा अफिसको बाहिर दुई-चार जना नेपालीहरु भेट हुनासाथ दूताबासको कुराको चर्चा शुरु हुन्छ  । कहाँ बस्दै छ रे दूताबास ? कहिलेबाट काम शुरु हुन्छ? भनी राखेको बेला दुतावासको  लागि आबस्यक पर्ने  कर्मचारी हिजो कुवेत पुगेका छन ।  
        बिशेष सुत्रका अनुसार   नेपाली दूताबास जुनुबसुरा स्थित  ब्लक नम्बर ८ को जहरा गल्लीमा बस्ने भएको छ । २ तल्ला भएको घरमा अहिले सम्म घर नम्बर भने लेखिएको छैन । नयाँ बस्ती बस्दै गरेको ठाउँ भएकोले दुतावासको भवन पहिल्याउन  असुबिधा देखिन्छ । थ्री सिक्टी डिग्री सपिंग  महल को पछाडि पर्ने यो ठाउँमा  सुरक्षाको  निकाय पोख्त भएकोले यो ठाउँलाई कुवेत सरकारले कुटनैतीक क्षेत्र घोषणा गरेको छ। हालैमा खुलेका मंगोलिया, सेरोलिन, बेनिन र बर्माका दूताबास  पनि सोही क्षेत्रमा रहेका छन्
                 जुनुबसुरा कुवेतको नयाँ गाऊँका अर्थात नयाँ बस्ती बसेको ठाउँ मानिन्छ। यहाँ कुवेतका  धनाढ्य  मानिने नागरिकहरुका घर लगायत सरकारी घरहरु पनि प्रसस्तै छन्। ६ नम्बर राजमार्ग देखी सिटी तर्फ खैतानको पछाडि पर्ने यो क्षेत्रमा बसको भनी त्यति सुबिधा देखिंदैन।

2 Responses

  1. Thank you Dear Sujan sir for your information and i am wishing all the best for nepalese embesy Kuwait…

टिप्पणी छोड्नुहोस्