विदेशीलाई पासपोर्ट बाँडेको रहस्योद्घाटन / परराष्ट्रका सुब्बा पक्राउ


               सन्तोष घिमिरे, (काठमाडौं), पाँच जना अफगानी नागरिकलाई नेपालीको नाउँमा किर्ते राहदानी उपलब्ध गराएको अभियोगमा परराष्ट्र मन्त्रालयका एक कर्मचारीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर हनुमानढोकाले मन्त्रालयका राहदानी शाखाका सुब्बा बच्चुराम केसीलाई पक्राउ गरेको हो। परिसर प्रमुख प्रहरी उपरीक्षक गणेश केसीका अनुसार केसीले पाँच अफगानीलाई नेपाली नागरिकका नाउँमा राहदानी दिएको भन्ने जानकारी परराष्ट्रले गराएको आधारमा उनलाई पक्राउ गरिएको हो। प्रहरीले उनलाई हिरासतमा राखी अनुसन्धान शुरू गरिएको जनाएको छ। 

नाम नेपाली, फोटो र मानिस भने अफगानी उल्लेख गरी सुब्बा केसीले किर्ते राहदानी उपलब्ध गराएको जानकारी प्राप्त भएपछि हनुमानढोका प्रहरीले केसीलाई पक्राउ गरेको हो। परिसरका प्रमुख केसीका अनुसार उनलाई अब २५ दिनभित्र अनुसन्धान पूरा गरी अभियोग प्रमाणित भएमा आवश्यक कारबाही गरिनेछ। कानुनी प्रावधानअनुसार यदि केसीमाथिको अभियोग प्रमाणित भए उनी स्वतः जागिरबाट निलम्बनमा पर्नेछन्।

केसीले उपलब्ध गराएको किर्ते राहदानी प्रयोग गरी ती अफगानी नागरिक भारत, मलेसिया हुँदै इन्डोनेसिया पुगेका थिए। इन्डोनेसियाको अध्यागमन विभागले शंका लागेपछि उनीहरूलाई पुनः मलेसिया फर्काएको थियो।

मलेसियाको अध्यागमन विभागले राहदानीको वैधताबारे मलेसियास्थित नेपाली दूतावाससँग जानकारी मागेपछि राहदानी नक्कली भएको पुष्टि भएको थियो। मलेसियास्थित नेपाली दूतावासले बिहीबार मात्रै परराष्ट्रलाई पत्राचार गरी त्यसबारे जानकारी गराएको थियो। पत्राचार गरेसँगै मन्त्रालयका सुब्बा केसीको संलग्नता रहेको मन्त्रालयले ठहर गरेको थियो। नेपालको नक्कली राहदानी लिने ती अफगानीलाई हाल मलेसियाली प्रहरीले पक्राउ गरी जेलमा राखेको छ।

‘यस्तो गम्भीर अपराधले नेपालीहरुको छविमा विश्वमा नै धक्का लाग्ने देखिन्छ’ -परिसरका प्रमुख केसीले नेपाल समाचारपत्रसँग भन्नुभयो। उहाँले केसीलाई आज शुक्रबार अदालत लगिने पनि जानकारी दिनुभयो।

उहाँले यो घटनामा केसीमात्र नभई मन्त्रालयका अन्य कर्मचारीको समेत संलग्नता रहेको आशंका गर्नुभयो। ‘विगतमा यस खालको घटना भएको थिएन, हामी नै आर्श्चर्यचकित भएका छौं’ -मन्त्रालयका शिष्टाचार महापाल मोहनकृष्ण श्रेष्ठले भन्नुभयो।

2 Responses

  1. testa ghati haru lai khoji khoji bessari godera jail ma thunnu parccha

  2. Atanga badi biswama kahaliya ko muluk apganisthan , biswako muluk harule dalal&atangabad bhani biswaka internastional irportma apganisthani harulai sabai afno kabada& sabai bag khole 3 ghanta coustom officer chek garcha bhane nepali le apganisthani lainepali ko pasport diyara,aja nepali haru lai pani apganisthani dalal bhanhne&bholi biswama nepali harule internastiona haruka manche le nepali lai sarai ghirnatmak dirstikon le herne huncha,teskarn 2 nombari dalal haru lai nepal sarkar le 20 barsa jel ko sajaya diya ka hun.Teso na garema bholi nepali haru le internastiona irport haru ma hapat din lat& bhok bhokai din gujarnu parne awastha hune cha.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: