मेरो भनाइमा अडिग छु -रक्षामन्त्री विद्यादेवी भण्डारी


               काठमाडौं,  रक्षामन्त्री विद्यादेवी भण्डारीले सेना समायोजन गर्ने विषयमा आफूले राखेको धारणामा अडिग रहेको बताउनुभएको छ।
भारतीय स्थलसेनाध्यक्ष दीपक कपुरसँग भएको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो धारण व्यक्त गर्नुभएको हो। ‘म मेरो धारणामा स्पष्ट छु, कसैले छिटो भन्लान्, कसैले ढिलो भन्लान्’ -उहाँले भन्नुभयो। माओवादी लडाकूलाई नेपाली सेनामा समायोजन गर्ने विषयमा उहाँले मंगलबार दिएको अभिव्यक्तिपछि एनेकपा माओवादी र सरकारबीच विवाद चुलिएका बेला रक्षामन्त्री भण्डारीले आफ्नो भनाइ जायज रहेको समेत दाबी गर्नुभयो।

‘म मन्त्री नहुँदा जस्तो धारणा राखेकी छु, अहिले पनि त्यही धारणा र्सार्वजनिक गर्दछु’ -उहाँले भन्नुभयो। विवादित अभिव्यक्ति दिएको भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो- ‘मैले त्यस्तो अभिव्यक्ति दिएको भए, प्रमले मलाई सोध्नुहुन्थ्यो। प्रधानमन्त्रीले मसँग कुनै स्पष्टीकरण सोध्नुभएको छैन।’

सेना समायोजन गर्ने विषयमा कसले बोलेको साँचो हो, त्यो समयले देखाउने बताउँदै उहाँले आफूले बोलेको कुरा साँचो भएको बताउनुभयो।

मंगलबार पत्रकार सम्मेलन आयोजना गरी रक्षामन्त्री भण्डारीले माओवादी लडाकूलाई नेपाली सेनामा समायोजन गर्न नसकिने धारणा र्सार्वजनिक गर्नुभएको थियो। उहाँको भनाइ र्सार्वजनिक भएलगत्तै सरकारले रक्षामन्त्रीको भनाइ व्यक्तिगत धारणा भएको जनाएको थियो।

भारतीय सेनाध्यक्ष कपुरसँग बिहीबार भएको भेटमा रक्षामन्त्री भण्डारीले भारतले नेपाली सेनालाई चाहेजति सैन्य सहयोग उपलब्ध गराउने सहमति भएको बताउनुभयो। रक्षामन्त्री भण्डारीले नेपाली सेनालाई आवश्यकता पर्दा घातक र गैरघातक हतियार ल्याइने पनि उल्लेख गर्नुभयो। माघ १ गते प्राप्त १ सय थान सवारीसाधन नेपाल भित्रिएपछि भारतीय सैन्य सहयोग शुरुआत भएको उहाँको धारणा थियो।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: