बिजया दशमीको अवसरमा लालीगुराँस साँस्कृतीक परिवारले कुवेतमा साँस्कृतीक कार्यक्रम गर्ने

मनोज काफ्ले (मनसुन)

कुवैत सिटी, ७ अगस्त । भर्खरै मात्र कुवैतमा स्थापना भएको साँस्कृतीक संस्था लालीगुराँस साँस्कृतीक परिवारले नेपालीहरुको महान पर्व विजया दशमीको सुखद उपलक्ष्यमा साँस्कृतीक कार्यक्रम गर्ने भएको छ । सो कुरा अगष्त ६ तारिखको दिन कुवैतको अलकबीर पार्कमा संस्थाका अध्यक्ष श्री बि. बि. मल्लको अध्यक्षतामा बसेको बैठकले पारित गरेको हो ।

नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा प्रत्यक्ष दोहारीका साथमा नेपालका ख्याती प्राप्त कलाकारहरु तथा मिठो सुरिलो स्वर खारिएका कलाकारहरु क्रमश: चन्दन लिम्बु, राजेन्द्र बिरही, रामु स्वर्ण, बि. बि. मल्ल, मनोज काफ्ले मनसुन, अनिता जी एन, डि. वि. लोप्चन, सिता मल्ल, देव लिम्बु र दिल कुमार लिम्वुले आफ्नो स्वर प्रस्तुत गर्नु हुनेछ । यसैगरी नृत्यमा मनीता रसाईली, आस्था राउत, रेनु परियार, कुशल लिम्बु, राहुल गुरुङ्ग, भिम गुरुङ्ग र वविता गुरुङ्ग हुनुहुन्छ ।

नेपालीहरुको महान चाड बिजया दशमीको उपलक्ष्यमा गर्न लागिएको सो साँस्कृतीक कार्यक्रम दशैंको अष्टमीको दिन, अक्टोबर १५ तारिख मालियाको एशिया-एशिया होटलमा हुने तय भएको छ । यो साँस्कृतीक कार्यक्रम लालीगराँस साँस्कृतीक परिवारको प्रायोजनमा हुनेछ । कार्यक्रमका लागी सबै कलाकारहरुले कार्यक्रमको तयारी रिहर्लसल शुरु गरिसकेको पनी संस्थाका अध्यक्षले खुलस्त पार्नुभयो ।

लालीगुराँस सांस्कृतीक परिवारले गर्न लागेको यो पहिलो कोशेली दशैं विषेश ज्यादै मनोरञ्जनात्मक हुने विश्वास गरिएको छ । त्यसैमाँझ प्रत्यक्ष लोक दोहोरीले त झन दर्शकको मन जित्न सक्ने विश्वास भएको छ । लालीगुराँस साँस्कृतीक परिवारले गर्ने यो भव्य लालीगुराँस साँस्कृतीक उत्सव दशैं विशेषलाई पाठक तथा दर्शक महानुभावहरुको मायाँ ममताले सजिसजाउ बनाएर देखाउने हाम्रो चाहना भएकोले लालीगुराँस साँस्कृतीक परीवार सम्पूर्ण संगीतपारखी पाठक तथा दर्शक महानुभावहरुको राय, सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेको गर्दछ ।

साथै उक्त दिन कुवेतस्थित कुनै नेपाली सँघ संस्थाहरुले अन्य कार्यक्रमको आयोजना गरी कार्यक्रम नजुधाई दिनु हुन समेत लालीगुराँस साँस्कृतीक परीवार हार्दिक अनुरोध गर्दछ ।

लालीगुराँस साँस्कृतीक परिवार, नेपाल कुवैत ।

संर्पक: ५५०२१९०५, ६७७४९३६१, ९९६४६१८३, ६५१२४८९३

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.