निराशै निराशामै सकिएको वर्षको सूचिमा २०६६

मनोज काफ्ले / मनसुन

अब त केही सुधार होला” भन्ने आशा र सकारात्मक सोंचका साथ शुरु भएर पुन: निराशै निराशामै सकिएको वर्षको सूचिमा २०६६ पनि अपबाद बन्न नसकी नयाँ बर्ष २०६७ शुरु भएको छ हिजोदेखि । राजनीति गर्नेहरुमा जनताद्धारा ठूलो पाठ सिकाइंदा समेत नानीदेखी लागेको बानीमा रत्तिभर सुधार भएको देखा नपर्नु तथा स्वार्थपूर्ण भावनाका कारण लोकतन्त्रलाई अत्यन्तै हास्यास्पद बनाउने, राष्ट्रियतासम्बन्धी अत्यन्तै संबेदनशील बिषयमा पूर्ण रुपले सरकारी मौनता दर्शाउने र अझ पासपोर्ट प्रकरणमा त झन बल मिच्याइ गर्ने, प्राप्त गणतन्त्रलाई मजबूत बनाउँदै लैजानुको अलावा झन झन कम्जोर बनाउँदै लगेको आभास हुनु जस्ता यथार्थताहरुको सामना गर्नु पर्‍यो देशले । एकातिर भोकमरी, जीवन जलको लागि तडपिएका, सीमा क्षेत्रमा सीमा अतिक्रमणका अतिरिक्त अमानबीय व्यबहार सामना गर्नेहरुले अनाथ भएको महसूस गर्न पर्‍यो भने त्यही बेला जिम्मेवारी बहन गर्नु पर्नेहरु आवश्यकताभन्दा बढी हुल बाधेर बिदेश शयर गर्न र समस्यामा पर्नेहरुको लागि आबस्यक पर्ने औषधी र खाद्यान्न ब्यबस्था गर्नभन्दा हतियार किन्ने गोप्य कार्य गर्नतिरै ब्यस्त देखिनुले “काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर” भनाइ चरितार्थ गराउँदै आफूहरुमा लागेको दाग मेटाउने सुबसरलाई बुझ्न नसकेको देखिन्छ । निहत्था सर्ब साधारणलाई हत्या गरेर हत्या गरेको प्रमाण नस्ट गर्ने सेनाको प्रयासलाई ढाक छोप गर्ने मन्त्रीको प्रयासले गणतन्त्रमा पन्चायती मानसिकताको आभास दिलायो । झन्डै साढे दुई दशकपछि देश भित्रिनेभन्दा बाहिरिने रकम बढेर शोधनान्तर घाटा खेप्न बाध्य भएको छ र झन्डै २२ अर्बको घाटा इतिहासमै पहिलो हो भने शोधनान्तर स्थिति दास्रोपटक ऋणात्मक भएको छ । यसअघि ०४१ मा शोधनान्तर घाटा हुँदा नेपाली रुपैयाँ नै अवमूल्यन भएको थियो । आफन्तलाई राजनीतिक नियुक्ति दिन नियम मिच्ने तथा नाम नै समेत परिवर्तन गर्ने र नियमानुसार आबस्यक योग्यता नपुगेकाहरुलाई प्रधानमन्त्रीको सल्लाहकार बनाउने कार्य समेत हुनुले “नेपालका कानून दैबले जानून” लाई प्रमाणित गरेको देखिन्छ । हरेक क्षेत्रमा यस्तै हास्यास्पद तर अत्यन्तै पीडादायक बिसंगतिहरुका कारण सकारात्मक कुराहरु खोज्न चाहेरै पनि अत्यन्तै दुर्लभ जस्तै बनाइएर हरेक दृष्‍टिकोणबाट देशलाई बदनाम र असफल बनाउँदै २०५६ हामीबाट बिदा भएको छ ।

जे होस अब पुन: एउटा सकारात्मक सोंच, आशा, उमंग सहित नयाँ बर्ष २०६७ लाई स्वागत गरौं । देशमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्न तथा नागरिक अधिकारको सम्मान हुने गणतान्त्रिक राज्य व्यवस्था स्थापनाका लागि राजनीतिक दलहरुलाई प्रेरणा मिलोस; नेपालीको चाहना अनुसार सुख, शान्ति र सन्तुष्टिमा जिउने वातावरण तयार होस । संपूर्ण नेपालीमा पनि तदनुरुपको भावनाको बिकास होस । यो नयाँ वर्ष २०६७ को सुखद उपलक्ष्यमा मेरोतर्फबाट यहाँहरु लगायत यहाँहरुको स- परिवारमा सुख, शान्ति तथा सम्बृद्धिको हार्दिक मंगलमय शुभ कामना !!!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.