नेपाली नयाँ बर्ष २०६७ सालको उपलक्ष्यमा सास्कृतिक कार्यक्रम हुदैछ ।

आदरणिय कुवैतवासी नेपाली दाजु-भाई तथा दिदी-वहिनीहरुमा सार्वजनिक अनुरोध   
      आफ्नो कला आफ्नै गला र आफ्नै संस्कृती बोकेर प्रवासको यस मरुभूमिमा उदाउँदा कलाकारहरुको संस्था नेपाल कुवैत सांस्कृतीक मंञ्चका साथमा यूनिटी लाईफको जनजागृती टीम कुवैतको साथ रहेको नेपाली सांस्कृतीक कार्यक्रम भव्यताकासाथ सफल पारौं ।


विगत दिपावलीमा आयोजित सांस्कृतीक प्रहसनको भव्य सफलताबाट प्रोत्साहित नेपाल कुवैत सांस्कृतीक मंञ्चले पलायन प्रतिभाहरु र नव प्रतिभाहरुलाई कुवैतमा संगठित गरेर नेपाली नयाँ वर्षको स्वागतमा प्रहसन गर्न लागेको यो दोश्रो प्रस्तुती अप्रिल महिनाको १६ तारिकका दिन जिलिब अल सोयख स्थित  इन्टीग्रेटेड ईंडियन स्कुलमा हुदै  छ । रेडियो नेपाल देखि विभिन्न गीती एल्बमहरुमा आफ्नो स्वरले नेपाली मनमस्तिष्कमा डेरा जमाईसकेका तथा खारिएका कलाकारहरु सुश्री रत्ना बराल, राजेन्द्र विरही, चन्दन लिम्बु ,मनोज काफ्ले,खगेन्द्र सिटौला, गोविन्द बराल,बि बि मल्ल,माधव शर्मा, अनिल रसाईली,अर्जुन तामाङ, ,केदार खड्का, लगायत थुप्रै उदयीमान कलाकारहरुका स्वर र उत्कृष्ट नृत्य कलाकारहरुका एकल, युगल र सामुहिक नृत्यहरुमा माधव वाग्ले,काजल,राहुल,भिम, बनिता,कुशल लिम्बु ,मनिता, केशव,डोल्मा,सविना,सुरज शाह,संगिता, सुनिता,मिना राई,आस्था राउत,देव सहितका नृत्यकारहरुको मनोरन्जनपूर्ण कार्यक्रम हेर्न नभूलौं । 
                           नेपालकुवैत सांस्कृतिक मंञ्च तथा युनिटी लाईफ जन-जागृती टिम कुवैतको संयुक्त आयोजनामा  हुन गईरहेको उक्त सांस्कृतिक कार्यक्रममा आफ्नो कला  संस्कृतिको सम्बर्धन र विकासका लागि आफै लागौं भन्दै हाम्रो संस्कृति हाम्रो पहिचानभन्ने मूलनाराका साथ गरिने उक्त कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिका लागि हार्दिक उनुरोध गर्दछौं ।

मिती :- 2010 अप्रिल 16 शुक्रवार दिनको  ३ बजे

स्थान :- इन्टीग्रेटेड ईंडियन स्कुल- अब्बासिया, फायर स्टेशन नजिकै, कुवैत

( जिलीब अल शोयखको पुलिस स्टेशनको रोडबाट सिधै अगाडि राउण्ड बोर्डबाट  बाँयातर्फ अगाडिबाट युट्रर्न लिनासाथ दाँया तर्फ देखिने ठूलो स्कुलमा कार्यक्रम प्रस्तुत हुनेछ । सिटी बसको समेत राम्रो सुविधा रहेकोछ ।

 सम्पर्क व्यक्तिहरु :-

आश बहादुर नेपाली-मुर्गाव  ५५०७२२७८, कुमार नेपाली-चर्च ५५०७३८८४, कृष्ण मल्ल-मालिया ६५८९५५६५ नवराज पन्थी ६७७२८०१३,  गंगा राई ५५४७५३७७, पूर्णिमा किराँत राई ६५८९९२५६ र माधब शर्मा-फरवानिया, ९७४६०२६५ ,    सौगात सुवेदी-शोयख ५५३९५६२३, खेम गिरी-रिगाई ६५५६४६३४, राजेन्द्र विरही ६७७४९३६१ र मनोज काफ्ले-आम्घरा ९९६४६१८३, टिकाराम आचार्य ९९२६६३१४ र दीपक क्षेत्री-अब्बासिया ९९३२८०६३, ठाकुर प्रसाद पौडेल सालमिया ५५४६३२९१,राजन रिमाल हवाल्ली ६५९६५२३०,तोया नाथ, दाहाल-महाबुल्ला ९७३४८०२७ आर.बि.बुढाथोकी-मंङ्गाफ ६६११५३६८, आनन्द आचार्य  ९९२१७८९४/६७७८९४१५ र ईश्वरी प्रसाद काफ्ले-फहाहील ६६६५२१५०, केदार नाथ खरेल-खेतान ५५३३०४२७ रहेका छन्   ।

पुनश्च : आफुलाई पायक पर्ने ठाँऊको टेलिफोन नम्बरमा सम्पर्क गरी छिट्टै आफ्नो सिट सुरक्षित गर्नुहोला ।

आयोजक कमिटी

नेपालकुवैत सांस्कृतिक मंञ्च तथा युनिटी लाइफ जनजागृती टीम,  कुवैत

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.