Archive for April, 2010

April 15, 2010

निराशै निराशामै सकिएको वर्षको सूचिमा २०६६

मनोज काफ्ले / मनसुन

अब त केही सुधार होला” भन्ने आशा र सकारात्मक सोंचका साथ शुरु भएर पुन: निराशै निराशामै सकिएको वर्षको सूचिमा २०६६ पनि अपबाद बन्न नसकी नयाँ बर्ष २०६७ शुरु भएको छ हिजोदेखि । राजनीति गर्नेहरुमा जनताद्धारा ठूलो पाठ सिकाइंदा समेत नानीदेखी लागेको बानीमा रत्तिभर सुधार भएको देखा नपर्नु तथा स्वार्थपूर्ण भावनाका कारण लोकतन्त्रलाई अत्यन्तै हास्यास्पद बनाउने, राष्ट्रियतासम्बन्धी अत्यन्तै संबेदनशील बिषयमा पूर्ण रुपले सरकारी मौनता दर्शाउने र अझ पासपोर्ट प्रकरणमा त झन बल मिच्याइ गर्ने, प्राप्त गणतन्त्रलाई मजबूत बनाउँदै लैजानुको अलावा झन झन कम्जोर बनाउँदै लगेको आभास हुनु जस्ता यथार्थताहरुको सामना गर्नु पर्‍यो देशले ।

April 13, 2010

जेठ १४ भित्र संविधान बन्दैन

अर्थमन्त्री सुरेन्द्र पाण्डेले एकीकृत नेकपा माओवादीका कारण जेठ १४ गतेभित्र नयाँ संविधान जारी हुन नसक्ने बताउनुभएको छ । प्रेस चौतारी चितवनले मंगलबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री पाण्डेले माओवादी सरकार लडाउने र बनाउने खेलमा लागेर संविधान निर्माणको काम अन्योलमा पुगेको आरोप लगाउनुभयो ।

April 13, 2010

हाम्रो सम्वेदनशिलतालाई श्रमले महशुस गरेन, राजदुत पौडेल

तोयानाथ उपेक्षित
नेपाली दुतावास कुवेतले कार्यालयको औपचारिक उदघाटन विना नै काम थालेको आज बाईस दिन पुरा भएको छ । वषौ पुराना समस्या र अनेकौ चुनौती एवं सम्भावनाका बीच दुतावासको कार्यआरम्भ सँग दुतावास प्रति गुनासाहरु पनि ओईरिन थालेका छन । सिमित साधन श्रोत र जनशक्तिको परिधी भित्र रहेर दुतावासले काम गर्न पर्ने वाध्यता छ । यस बीच दुतावास माथि कामको चाप र दवाव पनि बढ्दो छ यस्तो अवस्थामा कुवेतका लागि नेपालका प्रथम राजदुत मधुवन प्रसाद पौडेलसँँग नेपाल कुवेत डट कम का लागि भएको कुराकानीको संक्षेपीकरण आम प्रवासी कुवेतवासी नेपालीहरुका लागि ।

दुतावासले पीडित नेपाली महिलाहरुका लागि सेल्टर खोलेन जसका कारण दुतावास स्थापना पूर्वको प्रवासीको खुशी र उत्साह १८० डीग्रीमा झर्यो भन्ने गुनासोलाई कसरी लिनु हुन्छ ?
कुरा सुन्दा यस्ता लाग्नु स्वभाविक हो किनकी दुतावासको कार्यक्षेत्र यसको क्षमता स्थानिय देशको कानून र कुटनैतिक मान मर्यादा तथा हामीलाई उनीहरुद्धारा प्राप्त सुझाब नबुझ्दा त्यस्तो लाग्नु स्वभाविक हो तर आफ्ना नागरिकको सेवाप्रति हामी उदाशिन भने पटक्कै छैनौ । सेल्टर खोल्नु मात्र समाधान होईन । हामीले एम्नेष्टी खोल्ने लगायत महिलाहरुको प्रवास सुरक्षित गर्ने कुरामा कानूनी उपायहरुको खोजी गरिहेका छौ । नेपाल सरकारको श्रमले संवेदनशिलतालाई ग्रहण नगर्नाले पनि समस्याहरुलाइर्ं सम्बोधन गर्न गाह्ो भईरहेका मैले महसुश गरेको छु ।

April 12, 2010

पोल्याण्डका राष्ट्रपतिको विमान दुर्घटनामा मृत्यु

 

 
पश्चिम रूसमा भएको एउटा विमान दुर्घटनामा पोल्याण्डका राष्ट्रपति लेक काजिन्स्की,उच्च सरकारी र सैनिक अधिकारीहरुको ज्यान गएको छ।
विवरणहरु अनुसार दुर्घटनाग्रस्त विमान टुपलेभ-१५४ मा करीब एकसय जना सवार थिए। विमान बेलारुस संगको रूसी सीमाना नजीकैको स्मोलेन्स्क विमानस्थलमा बाक्लो कुहीरोका बीच पुग्नै लाग्दा जंगलमा खसेको थियो।पोलिश विदेश मन्त्रालयका एकजना प्रवक्ताले दुर्घटनामा कोही पनि नबाँचेको पुष्टी गरेका छन। दोश्रो विश्व युद्धताका ७० वर्षअघि तत्कालीन सोभियत नेता जोसेफ स्टालिनको आदेशमा सोभियत गुप्तचर प्रहरीद्वारा आम हत्या गरिएका हजारौं पोलिस सैनिक अधिकृतहरु र अरुको सम्मानमा आयोजित समारोहमा भाग लिने सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति काजिन्स्की त्यसतर्फ जाँदैथिए।
read more »

April 12, 2010

कोइराला परिवारको नालिबेली

 

                           किसानहरूले विसं २०३८ चैतमा विराटनगरमा आयोजना गरेको एउटा र्‍यालीको भोलिपल्ट बीपी कोइरालाले कार्यकर्तामाझ भनेछन्, “मेरो परविारको नयाँ पुस्ता पाँचतारे छ, त्यसले राजनीति गर्दैन ।” बीपीको भनाइभन्दा फरक उनीलगत्तैको पुस्ता अर्थात् छोराहरू कुनै न कुनै तरकिाले राजनीतिसँग  जोडिए तर नाति पुस्ता राजनीतिको मैदानबाट धेरै टाढा, साँच्चैको तारे दुनियाँमा रमाइरहेको छनेपाली कांग्रेसका शीर्षस्थ नेता गिरजिाप्रसाद कोइरालाको निधनपछि उनको परविारले पनि आफ्ना मुखिया गुमाएको अवस्था छ यतिबेला । एकातिर नेपाली कांग्रेसमा उनको उत्तराधिकारी को हुने भन्ने विवाद चलिरहेको छ भने अर्कातिर कोइराला परविारभित्रै पनि उनको बिँडो थाम्ने व्यक्ति चाहिएको छ । गिरजिाप्रसाद नै कोइराला परविारका त्यस्ता पात्र हुन्, जसले राजनीतिमा त्यस परविारको दोस्रो पुस्ताको प्रतिनिधित्व गर्थे । प्रश्न उठेको छ, को होला त त्यस्तो पछिल्लो पुस्ताको सदस्य, जो कोइराला परविारको उत्तराधिकार थाम्न सकोस् ?

April 12, 2010

रैथाने कि आप्रवासी ?उत्तराधिकारी को ?


            परविारमा पिताजीका रूपमा सम्बोधित कृष्णप्रसाद सिन्धुलीको दुम्जाबाट व्यापार गर्न मोरङको रंगेली र त्यसपछि विराटनगर पुगेका हुन् । तर, उनी त्यहाँ आप्रवासीका रूपमा रहेनन्, विराटनगर बजार बसाएर त्यसको उन्नति र प्रगतिको आधार तयार गरििदए । त्यसैले बाहिरबाट गएर पनि उनी त्यहाँको रैथाने बने । थारू र राजवंशीहरूको बाक्लो बसाइ रहेको मोरङमा उनले पहाडिया सभ्यता र संस्कार भित्र्याए । जसले पूर्वी तराईलाई नै नयाँ संस्कार, सभ्यता र दृष्टिकोण दिएको मानिन्छ । व्यापारबाट आफ्नो परविारलाई सम्पन्न बनाएपछि उनमा राजनीतिक चेतना आयो, छरछिमेक, टोल र बन्धुवान्धव पनि सम्पन्न हुनुपर्ने दृष्टिकोणसहित ।

त्यही राजनीतिक चेतनाको उपज हो, उनका पाँच भाइ छोरामा उम्रेको राजनीतिक चेत । त्यसका कारण थिए, उनीहरूले पनि भारत प्रवासमा बस्नु र राणाहरूको कालकोठरीमै कृष्णप्रसादले मृत्युवरण गर्नु । त्यसैले मातृका, बीपीदेखि गिरजिाप्रसादसम्मले त्यही पथलाई पछ्याए । कृष्णप्रसादका पाँच भाइ छोराले अन्तर्राष्ट्रिय छवि बनाए पनि पुख्र्यौली थलोमा आफूहरूलाई रैथाने सावित गर्दै रहे। तर, उनीहरूका छोरा, नातिको अवस्था त्यस्तो रहेन। बाहिरै बसेर पढ्ने वा पेसा-व्यवसाय अँगाल्दा नयाँ पुस्ताका अधिकांश सदस्य विराटनगरकै लागि अपरििचत छन् । जस्तो- बीपी-पुत्र प्रकाश, सशांक, केशव-पुत्र निरञ्जनलगायतको बढी समय विराटनगरबाहिर नै बित्यो।

April 12, 2010

कती छन त रगतचुस्ने “उडुसहरु”

बि.बि मल्ल ‘ठकुरी’

बाध्यता भनौ कि खै घरको आर्थिक परिस्थिती ले भनौ,आखिर जे जसो भएतापनि हामी नेपालीमा भएको बेरोजगारी र घरको परिस्थितिले गर्दा हामी नेपालीहरु बिदेशिन बाध्य भएका हुन्छौ | आफ्नो घर-परिवार लाई सुख र मोज मस्ती मा राख् ने कस्पो पो ईच्छा नहोला हैन र तपाइ हाम्रो पनि त त्यही नै ईच्छा हुन्छ जब हामी विदेशिन थाल्छौ त्येसको साथ-साथै हामीले कैयो नयाँ र नौलो सपनाको जालो पनि बुन्नं थाल्छौ तर कतीका त ति मिठा सपना का जालोहरु पनि चक्नाचुर पारी दिन्छन भने कतीका जिन्दगी त पैसाको लोभ र लाल्चाले गर्दा अनेकौ किसिमका नाटकहरु रची जिन्दगी माथि नै खेलवाड गर्नेहरु आखिर नेपाल देखी पर्देशको ठाउँसम्म फिजी सकेका रहेछन | अधेरोमा झटारो हानेर शिकार खेल्ने ति उडुशहरु किन गरीबीको घाउमा झन् किन नुन चुक छर्की दिन्छन त ? किन नयाँ सपनाहरुको जालो फिजाइ सारा सपनाहरु चक्नाचुर पारीदिन्छन त ? आखिर यो सपना चक्नाचुर पारीदिने गरीबीको दाशी कि गरिबिका पैसा चाट्न र रगत चुस्न पल्केका ति उदुशहरु……

April 12, 2010

सेक्स क्लिप्स: स्क्यान्डलको वर्ष

फेवाताल पारी सुनसान चउरमा अधबंैसे जोडी रतिक्रीडाdetail article imageमा मग्न भएको दुई जना प्रहरी जवानले फेला पारेपछि उनीहरूलाई थाहै नदिई मोबाइलबाट खुसुक्क भिडियो खिचे ।

हातमा हतियार भयो भने चलाउन मन लाग्छ, पैसा भयो भने खर्चिन मन लाग्छ, प्रेमिका नजिकै भइन् भने चुम्न मन लाग्छ

पछिल्लो एक दशकमा ँग्याजेट’ मानिने क्यामेरा, मोबाइल, ल्यापटप आदि सर्वसुलभ भएका छन्। डिजे तान्त्रिकका नामले चिनिएका संगीतकर्मी किचमानले त्यही सुविधाको दुरुपयोग गरे, जसका कारण उनले त बदनामी कमाए नै, स्वच्छ छवि बनाएकी नायिकालाई समेत बदनामीको भुमरीमा धकेले। त्यस्तै अर्को घटनामा ग्ल्यामर्स छवि बनाएकी  पूजा लामापनि परिन्।
हातमा हतियार भयो भने चलाउन मन लाग्छ, पैसा भयो भने खर्चिन मन लाग्छ, प्रेमिका नजिकै भइन् भने चुम्न मन लाग्छ । त्यस्तै हातमा क्यामेरा भयो भने तस्बिर वा दृश्य खिच्न मन लाग्नु स्वाभाविक हो ।

April 12, 2010

कार्टुन

April 12, 2010

भब्य मनोरन्जनको लागि नेपालकुवैत साँस्कृतिक मञ्च तयार

विमल लामिछाने कुवैत 

अफगानिस्तान बिरुद्दको फाईनल क्रिकेटको लागी कमेन्टी तथा हुटीङको लागी दशौ हजार दर्शक सहित का नेपाली जमातहरु हुबारा मैदानमा खेलाडी को जयजयकार गरिरहदा पनि नेपाली क्रिकेटरहरुले कुनै जादु देखाउन सकेनन् उल्टै लज्जाजनक हारको शिकार  भय उनिहरु, सायद  नेपालको किर्तिपुर को मैदान मा जस्तो अमेरीकनलाई ढुङगा हानेर उनिहरुलाई जिताउने जमात याहा थियन , अन्नत खेल प्रेमी नेपालीहरु निराश भएर आ-आफ्ना कर्मथलो तिर फर्किय।

 सम्भबत यसै बेला एक हुल श्रमीक नेपालीहरु आफुलाई कलाकार बनाएर कुबेतमा रहेका नेपाली समुदायमा आगामी १६ एप्रिलको  लागी भब्य रिहल्सलको तयारी गरिरहेका थिय। तिन महिना देखी को अनबरत प्रयासलाई अमुर्त रुप दिलाउन कम्मर कसेर लागि परेका भेटिय, मनु भुजेल। कुनै बेला कलाकार लाई अनुसाशन का कुरा सिकाउदै त कुनै बेला साङगितीक गुरु झै लय र तालको बारेमा बताउदै एक हुल कलाकारहरुलाई समस्त कुबेत बासी दर्शक को लागी तयार पारेर ढुक्क हुदै मनु भन्छन,”हामीले उत्कष्ट कार्यक्रमको समायोजन गरेका छौ”

April 12, 2010

नेपाली नयाँ वर्षमा च्याङ्बा हो…

  नेपाली नयाँ वर्ष सुरु हुन केही दिन बाँकी नै छ, तर रमाइलो गर्न सधैं दाउ हेरेर बस्ने हङकङेलीहरू माझ भने यसको रौनक छाइसकेको छ । नयाँ वर्षे शुभकामना आदान-प्रदान गर्न आइतबार मंकी हिलस्थित खुला चौरमा सयौं नेपाली भेला भएका थिए । सहभागीहरूले शुभकामना मात्र साटेनन्, राति अबेरसम्म नाचगान गर्दै रमाइलो समेत गरे । ‘मलाई त हङकङमा भएको फिलै छैन,’ अघिल्लो साता मात्र आएका काठमाडौंका रूपेश श्रेष्ठ अनौठो मान्दै थिए, ‘परदेशमा यत्तिको रमाइलो हुने कल्पनै थिएन ।’

April 12, 2010

नेपाल भ्रमण बर्ष २०११

 भूपेन्द्र प्रसाद ढकाल नवलपरासी, दुम्किवास

हाल-कुवैत, फेहा

             प्राकृतिक रुपमा अति धनि हामीहरु प्रकृतिले सुम्पेका विभिन्न सम्पदाहरुलाई उचित संरक्षण र साथै उचित सदुपयोग पनि गर्न सकिरहेका छैनौं। जसका कारण हामी विश्व कै अति विकशित राष्टहरु मध्ये एक हुनुपर्नेमा, गरिवी, अशिक्षा, र वेरोजगारीको चरम उत्कर्षमा बाँच्नु परेको छ। तपाई हामी सबैलाई थाहै छ। हामी कहाँ भएको प्राकृतिक सम्पदाको उचित सदुपयोग गर्न सकेको खण्डमा नेपाल स्वीजरल्याण्ड बन्न बेर लाग्दैनथ्यो। नेपालको कुल आम्दानीको ठूलो हिस्सा ओगटेको पर्यटन क्षेत्र अहिले आएर दिनानुदिन खस्कदो अवस्थामा छ। नेपालको विग्रदो राजनैतिक अवस्थाले अथवा तरल राजनैतिक अवस्थाको फाईदा उठाउँदै रात दिन फस्टाउँदै गैरहेको अपराधिक संघ संघठन र हतियारधारी विभिन्न गुठहरुले पर्यटकहरुबाट मोटो रकम उठाउने नजायज फाईदा उठाउनु लगायत आदिले पनि विश्व मानचित्रमा नेपालको अनुहार कुरुप बन्दै गईरहेको छ। बर्षै पिच्छे पर्यटक बढ्दै जानु पर्ने ठाउँमा अहिले भने पर्यटकहरुको संख्या घट्दै गैरहेको छ। अतिथी देवो भवः भन्ने हामीहरु उनिहरुको उचित स्वागत सत्कार र संरक्षण गर्न असमर्थ नै छौं। चाहे त्यो व्यक्तिगत तवरबाटहोस वा सरकारले,कुनै पनि निकायले उनिहरुको लागि उचित ध्यान दिन सकेको जस्तो लाग्दैन। जसका कारण यहाँ आउने पर्यटकहरु आफ्नो गन्तव्य छोट्याउन वाध्य छन्। वाहेक पनि थुप्रै समस्याहरु रहेका छन्। खास गरेर हामीहरुले पर्टक हाम्रो देशमा हाम्रै लागि आएका हुन र उनिहरुबाट हामीलाई,देशलाई फाईदा हुन्छ भने बुझ्न नसकेको पनि हो कि?

April 12, 2010

फिलिपिनोको भन्दै नेपालीको शव गाडियो

साउदीमा फिलिपिनोको भन्दै नेपाली कामदारको शव गाडिएपछि सम्बन्धित कम्पनीका क्याप्टेन निलम्बनमा परेका छन् । उक्त त्रुटिबापत मृतकको परिवारले करिब ६ लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएको छ । राजधानी रियादबाट झन्डै १६ सय किलोमिटर टाढा जेद्दा अस्पतालमा राखिएको दोलखाका भविन्द्र गुरुङको शव झुक्किएर गाडिएको हो । ‘फिलिपिनो, नेपालीलगायत अन्य देशका कामदारका शव लस्करै राखिएको रहेछ,’ रियादस्थित नेपाली दूतावासका प्रथम सचिव खड्गप्रसाद दाहालले भने, ‘दुई नम्बर शव गाड्नुपर्नेमा तीन नम्बरको गाडिए छ ।’

April 12, 2010

फ्ल्यासब्याक- २०६६


आजको  ३ दिनमा नेपाली पात्रो फेरिनेछ । नेपाली राजनीतिले कुनै फड्को मार्न नसकेको ०६६ सालको अन्त्य नेपाली राजनीतिका शीर्षस्थ नेता गिरिजाप्रसाद कोइरालाको निधनका कारण दुःखद् बन्यो । शान्तिसुरक्षाको दुरावस्थाका कारण पनि यो वर्ष बिर्सनलायक भएको छ । प्रस्तुत छ, ०६६ सालमा भएका मुख्य घटनाक्रमः

April 12, 2010

मिनिस्कर्ट छोटो भए…करिश्मा…जी

           गतसाता मानन्धर थरका दुई नायिका एक साथ काठमाडौं नारायणगोपाल चोकमा भ्यु व्युटीपार्लरको उद्घाटन गर्न पुगेका थिए । दुई मानन्धरमध्ये नायिका मेलिना सारि चोलोमा कार्यक्रमस्थल पुगेकी थिइन् भने अमेरिकाबाट नेपाल फर्केकी नायिका करिश्मा मानन्धर मिनिस्कर्ट लगाएर पुगेकी थिइन् ।

        व्युटिपार्लरको उद्घाटन गरेपछि दुई नायिका सोफामा बसिरहेका थिए, त्यत्तिकैमा कार्यक्रमको तस्वीर खिच्न गएका फोटोग्राफरको नजर करिश्माको मिनिस्कर्टमा पुग्यो । करिश्माको मिनिस्कर्ट यति छोटो थियो कि उन्को भित्रि बस्त्र समेत देखियो । त्यसो त भारतमा पनि केही महिना अघि यस्तै घट्ना नभएको होइन् ।

April 12, 2010

समयमै संबिधान बनाउन दबाब दिने नौलो काइदा

काठमाडौं- निर्धारित मितिमा सम्बिधान बनाउनकालागि राजनीतिक दलहरुलाई दबाब दिन भिन्न भिन्न तरिकाका दबाब कार्यक्रम आयोजना हुन थालेका छन् । तोकिएकै मितिमा सम्बिधान नबन्ने सम्भावना बढ्दै गएपछि यस्ता दबाब कार्यक्रम गर्न थालिएका हुन् । यसैक्रममा माओवादीसम्बद्ध युवाले मोटरसाइकलको ह्याण्डिलमा हातै नराखी राजधानीको चक्रपथमा मोटरसाइकल यात्रा गर्ने भएका छन् ।

April 12, 2010

मेसिन रिडेवल पासपोर्ट (एमआरपी) भारतलाई छपाउन दिने निर्णय सरकारद्वारा फिर्ता

सिताराम बराल- काठमाण्डौ

चौतर्फी दवावपछि मेसिन रिडेवल पासपोर्ट (एमआरपी) भारतलाई छपाउन दिने निर्णय मन्त्री परिषदको बैठकले फिर्ता लिएको छ । चर्को आलोचनापछि चैत २९ गने साँझ बसेको मन्त्रीपरिषद यस्तो निर्णय लिन बाध्य भएको हो । अब एमआरपी छपाईकालागि पुन: टेण्डर आव्हान हुनेछ ।सरकारको नेतृत्व गरेको एमालेका सभासदहरु र सम्बिधान सभाको सार्वजनिक लेखा समितिले पनि एमआरपी भारतलाई छाप्न दिने निर्णयको विरोध गरेपछि सरकारसँग यो निर्णय फिर्ता लिनुबाहेक अर्को बिकल्प रहेन ।

April 11, 2010

आदिबासी जनजाति पत्रकार संघको चौथो राष्ट्रिय अबिधेशन सम्पन्न

हरि बहादुर सारुमगर
संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधानमा पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्द्रै निर्धारित समयमा नयाँ संविधान जारी गर्न राजनीतिक दलहरु सहमतिमा जान र संघीय नयाँ नेपालको ढाँचा जातीय भंाषिक साँस्कृतिक र क्षेत्रीयताको आधारमा खाका हुनुपर्ने त्यो कार्यलाई कार्यन्वयन गराउन संविधानसभाका सभासद् आदिवासी जनजाति महासंघ लगायत सबै अधिकारकर्मीहरुलाई दबाब सृजना गर्न आव्हान गर्ने लगायतका १४ बुदे घोषणा पत्र पारित गर्दै नेपाल आदिबासी जनजाति पत्रकार संघको चौथो केन्द्रिय महाधिबशन सम्पन्न भएको छ । 

April 11, 2010

मलेसियामा म्यूजिक भिडियो ‘बुङा’ को बिमोचन

योगेन्द्र ‘संघर्ष’ / मलेसिया

मलेसियामा कार्यरत गायक तथा संगित प्रेमी नगेन्द्र राईको आधुनिक तथा लोक गीतहरुको भिडियो संग्रह ‘बुङा’ -फूल) को बिहिबार एक कार्यक्रम बीच विमोचन गरिएको छ । खोटाङ सेवा समाज मलेसियाको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा, कार्यक्रमका प्रमुख अतिथि नेपाल दुतावास मलेसियाका उप नियोग प्रमुख लेखनाथ भट्टराईले बुङा (फूल) को विमोचन गर्नु भएको थियो । मलेसियामा नै कार्यरत नृत्याङ्गना रेखा राई (गरुङ) ले मोड्लिङ तथा निर्देशन गर्नु भएको सो म्यूजिक भिडियोमा नगेन्द्र राईको साथै नेपालका चर्चित गायक गायीकाहरु राधा राई, बेनुका राई, सत्यकला राई र महेन्द्र लिम्बूका आधुनिक तथा लोक गीतहरुको म्यूजिक भिडियोहरु समावेस गरिएको छ ।

April 11, 2010

भाग्यमानी यात्रुहरु

पोखराबाट काठमाडौँ आउँदै गरेको एउटा बस हिजो दिउँसो ब्रेक फेल भएर तनहुँको सम्म सडकमा यसरी पल्टियो। केही यात्रु घाइते भए। केहीलाई केही पनि भएन। भाग्यमानी थिए यात्रुहरु- बस एउटा पोलमा गएर ठोक्किएर पल्टियो। कुनै भिरालो ठाउँतिर गएर पल्टिएको भए के हालत हुन्थ्यो होला!

April 11, 2010

विमान दुर्घटनामा पोलिस राष्ट्रपतिको मृत्यु

रसियामा शनिबार भएको विमान दुर्घटनामा पोल्यान्डका राष्ट्रपति लेक कास्जिन्स्की मारिएका छन् । बाक्लो कुहिरोले ढाकेको पश्चिमी रसियास्थित विमानस्थलमा अवतरण गर्ने बेलामा राष्ट्रपति कास्जिन्स्की चढेको सोभियतकालिन टुपोलोभ टियू-१५४ दुर्घटना ग्रस्त भएको हो । रसियाली अनुसन्धान एजेन्सीका प्रमुख सर्ेर्गेइ मार्किनले दुर्घटनामा राष्ट्रपति-पत्नी, सेना र गैरसैनिक क्षेत्रका वरिष्ठ अधिकारीहरू, चालकदलका सदस्यसहित एक सय ३२ जनाको ज्यान गएको बताए । पोलिस विदेश मन्त्रालयका प्रवक्ता पिओत्र पास्ज्कोव्स्कीले यात्रु सूचीमा ८९ जनाको नाम रहेको बताएका छन् ।

April 10, 2010

यात्रुबाहक बस पल्टिदा, पाँच जनाको घटना स्थलमा मृत्यु, ३० जना घाइते

 

सुनसरी, चैत्र २८ – सुनसरीमा पूर्व पश्चिम राजमार्गको भन्टावारी-कोसी खण्डमा शनिबार बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ३० जना यात्रु घाइते भएका छन्। घाइते मध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ।प्रहरीका अनुसार चार जनाको घटनास्थलमा तथा एकजनाको अस्पतालमा मृत्यु भएको हो । हालसम्म मृतकहरुको सनाखत हुनसकेको छैन ।

April 10, 2010

बिजय यात्राको तितो पराजय

कुबेत मिसनको कुनै पनि खेलमा पराजय नभएको नेपाल,बिजय यात्राको अन्तिम खेलमा पराजय भएपछी निरास नेपाली टोली।

Follow

Get every new post delivered to your Inbox.