नेपाली नयाँ बर्ष २०६७ सालको उपलक्ष्यमा सास्कृतिक कार्यक्रम हुदैछ ।

आदरणिय कुवैतवासी नेपाली दाजु-भाई तथा दिदी-वहिनीहरुमा सार्वजनिक अनुरोध   
      आफ्नो कला आफ्नै गला र आफ्नै संस्कृती बोकेर प्रवासको यस मरुभूमिमा उदाउँदा कलाकारहरुको संस्था नेपाल कुवैत सांस्कृतीक मंञ्चका साथमा यूनिटी लाईफको जनजागृती टीम कुवैतको साथ रहेको नेपाली सांस्कृतीक कार्यक्रम भव्यताकासाथ सफल पारौं ।

Continue reading

suchana

nrna namelist

suchanaSAMPLENRNA

aacharsaheta

form

hi SAMPLENRNA

बिजया दशमीको अवसरमा लालीगुराँस साँस्कृतीक परिवारले कुवेतमा साँस्कृतीक कार्यक्रम गर्ने

मनोज काफ्ले (मनसुन)

कुवैत सिटी, ७ अगस्त । भर्खरै मात्र कुवैतमा स्थापना भएको साँस्कृतीक संस्था लालीगुराँस साँस्कृतीक परिवारले नेपालीहरुको महान पर्व विजया दशमीको सुखद उपलक्ष्यमा साँस्कृतीक कार्यक्रम गर्ने भएको छ । सो कुरा अगष्त ६ तारिखको दिन कुवैतको अलकबीर पार्कमा संस्थाका अध्यक्ष श्री बि. बि. मल्लको अध्यक्षतामा बसेको बैठकले पारित गरेको हो ।

नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा प्रत्यक्ष दोहारीका साथमा नेपालका ख्याती प्राप्त कलाकारहरु तथा मिठो सुरिलो स्वर खारिएका कलाकारहरु क्रमश: चन्दन लिम्बु, राजेन्द्र बिरही, रामु स्वर्ण, बि. बि. मल्ल, मनोज काफ्ले मनसुन, अनिता जी एन, डि. वि. लोप्चन, सिता मल्ल, देव लिम्बु र दिल कुमार लिम्वुले आफ्नो स्वर प्रस्तुत गर्नु हुनेछ । यसैगरी नृत्यमा मनीता रसाईली, आस्था राउत, रेनु परियार, कुशल लिम्बु, राहुल गुरुङ्ग, भिम गुरुङ्ग र वविता गुरुङ्ग हुनुहुन्छ ।

नेपालीहरुको महान चाड बिजया दशमीको उपलक्ष्यमा गर्न लागिएको सो साँस्कृतीक कार्यक्रम दशैंको अष्टमीको दिन, अक्टोबर १५ तारिख मालियाको एशिया-एशिया होटलमा हुने तय भएको छ । यो साँस्कृतीक कार्यक्रम लालीगराँस साँस्कृतीक परिवारको प्रायोजनमा हुनेछ । कार्यक्रमका लागी सबै कलाकारहरुले कार्यक्रमको तयारी रिहर्लसल शुरु गरिसकेको पनी संस्थाका अध्यक्षले खुलस्त पार्नुभयो ।

लालीगुराँस सांस्कृतीक परिवारले गर्न लागेको यो पहिलो कोशेली दशैं विषेश ज्यादै मनोरञ्जनात्मक हुने विश्वास गरिएको छ । त्यसैमाँझ प्रत्यक्ष लोक दोहोरीले त झन दर्शकको मन जित्न सक्ने विश्वास भएको छ । लालीगुराँस साँस्कृतीक परिवारले गर्ने यो भव्य लालीगुराँस साँस्कृतीक उत्सव दशैं विशेषलाई पाठक तथा दर्शक महानुभावहरुको मायाँ ममताले सजिसजाउ बनाएर देखाउने हाम्रो चाहना भएकोले लालीगुराँस साँस्कृतीक परीवार सम्पूर्ण संगीतपारखी पाठक तथा दर्शक महानुभावहरुको राय, सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेको गर्दछ ।

साथै उक्त दिन कुवेतस्थित कुनै नेपाली सँघ संस्थाहरुले अन्य कार्यक्रमको आयोजना गरी कार्यक्रम नजुधाई दिनु हुन समेत लालीगुराँस साँस्कृतीक परीवार हार्दिक अनुरोध गर्दछ ।

लालीगुराँस साँस्कृतीक परिवार, नेपाल कुवैत ।

संर्पक: ५५०२१९०५, ६७७४९३६१, ९९६४६१८३, ६५१२४८९३

निराशै निराशामै सकिएको वर्षको सूचिमा २०६६

मनोज काफ्ले / मनसुन

अब त केही सुधार होला” भन्ने आशा र सकारात्मक सोंचका साथ शुरु भएर पुन: निराशै निराशामै सकिएको वर्षको सूचिमा २०६६ पनि अपबाद बन्न नसकी नयाँ बर्ष २०६७ शुरु भएको छ हिजोदेखि । राजनीति गर्नेहरुमा जनताद्धारा ठूलो पाठ सिकाइंदा समेत नानीदेखी लागेको बानीमा रत्तिभर सुधार भएको देखा नपर्नु तथा स्वार्थपूर्ण भावनाका कारण लोकतन्त्रलाई अत्यन्तै हास्यास्पद बनाउने, राष्ट्रियतासम्बन्धी अत्यन्तै संबेदनशील बिषयमा पूर्ण रुपले सरकारी मौनता दर्शाउने र अझ पासपोर्ट प्रकरणमा त झन बल मिच्याइ गर्ने, प्राप्त गणतन्त्रलाई मजबूत बनाउँदै लैजानुको अलावा झन झन कम्जोर बनाउँदै लगेको आभास हुनु जस्ता यथार्थताहरुको सामना गर्नु पर्‍यो देशले । Continue reading

जेठ १४ भित्र संविधान बन्दैन

अर्थमन्त्री सुरेन्द्र पाण्डेले एकीकृत नेकपा माओवादीका कारण जेठ १४ गतेभित्र नयाँ संविधान जारी हुन नसक्ने बताउनुभएको छ । प्रेस चौतारी चितवनले मंगलबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री पाण्डेले माओवादी सरकार लडाउने र बनाउने खेलमा लागेर संविधान निर्माणको काम अन्योलमा पुगेको आरोप लगाउनुभयो । Continue reading

हाम्रो सम्वेदनशिलतालाई श्रमले महशुस गरेन, राजदुत पौडेल

तोयानाथ उपेक्षित
नेपाली दुतावास कुवेतले कार्यालयको औपचारिक उदघाटन विना नै काम थालेको आज बाईस दिन पुरा भएको छ । वषौ पुराना समस्या र अनेकौ चुनौती एवं सम्भावनाका बीच दुतावासको कार्यआरम्भ सँग दुतावास प्रति गुनासाहरु पनि ओईरिन थालेका छन । सिमित साधन श्रोत र जनशक्तिको परिधी भित्र रहेर दुतावासले काम गर्न पर्ने वाध्यता छ । यस बीच दुतावास माथि कामको चाप र दवाव पनि बढ्दो छ यस्तो अवस्थामा कुवेतका लागि नेपालका प्रथम राजदुत मधुवन प्रसाद पौडेलसँँग नेपाल कुवेत डट कम का लागि भएको कुराकानीको संक्षेपीकरण आम प्रवासी कुवेतवासी नेपालीहरुका लागि ।

दुतावासले पीडित नेपाली महिलाहरुका लागि सेल्टर खोलेन जसका कारण दुतावास स्थापना पूर्वको प्रवासीको खुशी र उत्साह १८० डीग्रीमा झर्यो भन्ने गुनासोलाई कसरी लिनु हुन्छ ?
कुरा सुन्दा यस्ता लाग्नु स्वभाविक हो किनकी दुतावासको कार्यक्षेत्र यसको क्षमता स्थानिय देशको कानून र कुटनैतिक मान मर्यादा तथा हामीलाई उनीहरुद्धारा प्राप्त सुझाब नबुझ्दा त्यस्तो लाग्नु स्वभाविक हो तर आफ्ना नागरिकको सेवाप्रति हामी उदाशिन भने पटक्कै छैनौ । सेल्टर खोल्नु मात्र समाधान होईन । हामीले एम्नेष्टी खोल्ने लगायत महिलाहरुको प्रवास सुरक्षित गर्ने कुरामा कानूनी उपायहरुको खोजी गरिहेका छौ । नेपाल सरकारको श्रमले संवेदनशिलतालाई ग्रहण नगर्नाले पनि समस्याहरुलाइर्ं सम्बोधन गर्न गाह्ो भईरहेका मैले महसुश गरेको छु । Continue reading

पोल्याण्डका राष्ट्रपतिको विमान दुर्घटनामा मृत्यु

 

 
पश्चिम रूसमा भएको एउटा विमान दुर्घटनामा पोल्याण्डका राष्ट्रपति लेक काजिन्स्की,उच्च सरकारी र सैनिक अधिकारीहरुको ज्यान गएको छ।
विवरणहरु अनुसार दुर्घटनाग्रस्त विमान टुपलेभ-१५४ मा करीब एकसय जना सवार थिए। विमान बेलारुस संगको रूसी सीमाना नजीकैको स्मोलेन्स्क विमानस्थलमा बाक्लो कुहीरोका बीच पुग्नै लाग्दा जंगलमा खसेको थियो।पोलिश विदेश मन्त्रालयका एकजना प्रवक्ताले दुर्घटनामा कोही पनि नबाँचेको पुष्टी गरेका छन। दोश्रो विश्व युद्धताका ७० वर्षअघि तत्कालीन सोभियत नेता जोसेफ स्टालिनको आदेशमा सोभियत गुप्तचर प्रहरीद्वारा आम हत्या गरिएका हजारौं पोलिस सैनिक अधिकृतहरु र अरुको सम्मानमा आयोजित समारोहमा भाग लिने सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति काजिन्स्की त्यसतर्फ जाँदैथिए। Continue reading
Follow

Get every new post delivered to your Inbox.